arrow

प्रदेश २ : अघिल्लो दिन मतदान, भोलिपल्ट कालो दिन

चुनावमा अाएको राजपाले अब के गर्छ, कि मुद्दा सकियाे ?

logo
प्रकाशित २०७४ असोज २ सोमबार
madhisi_neta.jpg

काठमाडौं । सरकारले संविधान दिवस मनाउने तयारी गरिरहँदा दुई नम्बर प्रदेशमा संघीय संरचना अनुरुपका स्थानीय तहको निर्वाचन भएको छ ।

यसले संविधानप्रति असन्तुष्ट दललाई पनि लोकतान्त्रिक प्रक्रियामा ल्याएको छ । यद्यपि, असन्तुष्टीबीच लोकतान्त्रिक प्रक्रियामा सामेल भएको राष्ट्रिय जनाता पार्टी राजपा नेपालले संविधान जारी भएको दिन असोज ३ लाई कालो दिवसका रुपमा मनाउने भनेको छ ।

संविधानको मस्यौदाबाटै असन्तुष्टी राखेर संविधान संशोधनको मुद्दा उठाएको असन्तुष्ट पक्षले त्यही संविधानले परिकल्पना गरेका स्थानीय तहको निर्वाचनमा भाग लिएको छ । एकातिर चुनावी सहभागिता, अर्कोतिर कालो दिवस । यसले नागरिकमा अस्पष्टता ल्याएको छ ।

राजपाले भनेको छ, ‘लोकतान्त्रिक पद्दती, बहुदलीय व्यवस्थाको पक्षधर भएरै चुनावमा सहभागि भएका हौँ । संविधान संशोधनको मुद्दा कायम छ । संविधान संशोधन विधेयक अस्वीकृत भएपनि बहुमत सदस्यहरु संविधान सच्याउनु पर्छ भन्ने पक्षमै रहेकाले संविधान संशोधनको मुद्दा जिवित छ ।’

हामीले चुनावलाई उपयोग गरेको राजपाका नेताहरुलाई अबको बाटो के हो ? भन्ने सर्न्दभमा सोधेका छौँ ।
 

मनिष सुमन-महासचिव
राजपाका महासचिव मनिष सुमनले स्थानीय तहको निर्वाचनमा मतदान गरेका छन् । सुमनले सप्तरीको राजविराज नगरपालिका–३ बाट मतदान गरे ।

चुनावी सहभागितालाई स्वभाविक लिनु पर्ने भन्दै सुमनले सुनाए, ‘लोकतान्त्रिक पद्दती हामीले पहिल्यै स्वीकारेका थियौँ । संविधान अधुरो रहेकैले संविधान संशोधन हाम्रो बटमलाइन थियो । पछि संविधान संशोधन विधेयक वारपार भयो । तर, त्यो वारपारले एउटा के प्रमाणित गरिदियो भने ।

बहुमतले संविधान सच्याउनु पर्छ भनेको छ । यो संशोधन आवश्यक छ । हामीले उठाएको मुद्दा त्यसै स्थापित छ । लोकतन्त्रको सबै भन्दा महत्वपूर्ण विधि निर्वाचन हो । तर, अबको संसदीय निर्वाचनले निकै असर गर्छ । त्यसले संविधान संशोधनको प्रेसर स्वस्फूर्त सिर्जन गर्ने निश्चितप्राय छ ।’ प्रदेश २ को स्थानीय तह निर्वाचन प्रतिनिधि सभाको मूख्य आधार हो । सुमन राजेन्द्र महतो निकट छन् ।

केशव झा–महासचिव
राजपाकै महासचिव केशव झाले पनि मतदान गरेका छन् । उनले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ को गाविस भवन रहेको मतदान केन्द्रबाट मतदान गरे ।

उनले भने, ‘हामी लोकतन्त्र विरोधि होइनौँ । हामीले चुनावको उपयोग गरेका छौँ । निर्वाचन लोकतन्त्रको आधारभूत स्तम्भ हो । अधिकारको लडाई जारी छ । यो सहभागितालाई अधिकारको लडाईसँग जोड्न मिल्दैन ।’ लोकतान्त्रिक प्रक्रियाबाटै अधिकार प्राप्तिको लडाई गर्न सकिने कुरामा पनि हामी सतर्क थियौँ ।’

पहिलो कुरा लोकतान्त्रिक विधि र प्रक्रिया हो, उनले अगाडि थपे, ‘लोकतन्त्रपछि अरु मुद्दाहरु आउँछन् ।’ तर, तपाईहरुले ढिलाई गरिदिनु भयो ? जवाफमा उनले भने, ‘नयाँ व्यवस्थामा जाने विषय हतारमा हुँदैन । बहस छलफल हुनै पर्छ । यो महत्वपूर्ण अभ्यास थियो ।’

उनले मतगणना सकिएपछि आफुहरुले राजनीतिक मुद्दालाई कसरी अघि बढाउने भन्नेबारे छलफल गर्ने र प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने तयारी गरेको बताएका छन् ।

उनले भने, ‘राजनीतिक एजेण्डामा छलफल हुन्छ । प्रधानमन्त्रीलाई त्यही अनुसारले कुरा राखिन्छ ।’ तिलाठीको समस्या जहिले सुन्नु पर्दछ, स्थानीय सरकार आएपछि बाँध र बाढीको समस्या समाधान होला ? उनले भनेका छन्, ‘यो राष्ट्रिय स्तरकै समस्या हो । यो गाउँपालिकाको हातबाट मात्रै हुन सक्दैन । यसबारे केन्द्र सरकारले सोच्नु पर्दछ ।’ चुरेसँग यसको समस्या जोडिएकाले पनि गाउँपालिकाबाट यसको दीर्घकालिन समस्या समाधान हुन सक्दैन ।

जितेन्द्र सोनल–महासचिव
राजपाकै महासचिव जितेन्द्र सोनलले बाराको परवानीपुर गाउँपालिका २ बाट मतदान गरे । राजपा लोकतान्त्रिक पार्टी हो, उनले भनेका छन्, ‘आवधिकनिर्वाचन, मानवअधिकार, बहुदलीय व्यवस्थाको उपयोगबारे हामीमा कहीँ कतै विमत्ति रहेन ।’ अधिकारको संवैधानिक ग्यारेन्टी खोजेका हौँ ।

संविधान संशोधनमा अपेक्षाकृत उपलब्धि हात नलागेपनि ३ सय ४८ मत आउनु भनेको मुद्दा सत्य सावित हुनु हो, उनले अगाडि भने, ‘अब संसदीय निर्वाचन भन्दा अघि यसबारेमा छलफल हुन्छ । प्रधानमन्त्रीले दिल्ली गएर पनि केही कुरा बोल्नु भएको छ । हामीलाई पनि संविधान संशोधनमा गम्भीर भएर लाग्ने बचन दिनु भएको छ ।’ स्थानीय तहको संख्या बढाउने कुरा स्वीकार गरिसकेका छौँ ।

शहीद घोषणाको काम पनि सकियो, उनले भने, ‘अब मुद्दा फिर्ताको काम बाँकी छ । त्यसका लागि पनि दबाब बढाइन्छ ।’ संविधान संशोधन वारपारपछि संविधान संशोधन झन् सबैको मुद्दा भएकाले अब यसलाई कसैले रोकेर नरोकिने राजपा नेताहरुको भनाई छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ