arrow

गोपाल खड्काको ठाउँमा अायल निगममा को आए ?

logo
प्रकाशित २०७४ असोज ४ बुधबार
Nepal-Oil-Negam.jpg.jpeg

काठमाडौं । सरकारले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई वर्खास्त गरेपछि कार्यकारी निर्देशकको काम कारबाही उपसचिव प्रेमप्रसाद अचार्यलाई सुम्पिएको छ ।

आपूर्ति मन्त्रालयले अर्को व्यवस्था नभएसम्मका लागि उपसचिव आचार्यलाई निगमको कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्न भनेको हो ।

आपूर्ति मन्त्री शिवकुमार मण्डलले आचार्यलाई अर्को व्यवस्था नभएसम्म निगमको कार्यकारीका रुपमा काम गराउन भनेको मन्त्रालयका प्रवक्ता मुकुन्द पौडेलले बताए ।

मन्त्रीस्तरीय निर्णयबाट निगमको कार्यकारी निर्देशक भएका अचार्य आपूर्ति मन्त्रालयको प्रशासन प्रमुख हुन् । निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई सोमबार बसेको मन्त्रिपरिषद बैठकले वर्खास्त गर्ने निर्णय गरेपछि निगम नेतृत्वविहिन भएको थियो ।

चावपर्वको बेला निगम नेतृत्वविहीन हुँदा इन्धन आपूर्तिमा समस्या पर्न सक्ने भन्दै मन्त्रालयले आचार्यलाई प्रमुुखको जिम्मेवारी दिएको हो । पेट्रोलियम भण्डारणका लागि जग्गा किन्दा अनियमितता गरेको भन्दै सरकारले खड्कालाई कार्यकाल बाँकी छँदै पदबाट हटाइदिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ