arrow

तरार्इमा एमालेको पकड राजमार्ग भन्दा माथि मात्रै हो त ? प्रारम्भिक नतिजाले देखायो यस्तो विवरण

logo
प्रकाशित २०७४ असोज ५ बिहिबार
dd59909c0521a4c9f3830707052207a3.jpg

काठमाडौं । स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा बुधबार रातीसम्म राजविराज बाहेकका सबै स्थानीय तहको मतगणना जारी रहेको छ । मतगणनाको क्रममा प्रारम्भिक मत परिणाम पनि आउनेक्रम जारी रहेको छ भन कतिपय स्थानीय तहमा पूर्ण नतिजा पनि आईसकेको छ । 

हाम्राकुरा डटकमको निर्वाचन विशेष डाटा सिस्टमका अनुसार अहिलेसम्म  १ सय ३५ स्थानीय तहमा एमालेले १७ स्थानमा अग्रता हाँसिल गरेको छ । सोमबार भएको स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा एमालेले नराम्रो हार बेहोर्ने धेरैको आकलन थियो । तर, एमालेले अहिलेसम्म १७ स्थानीय तहमा अग्रता हाँसिल गरेको छ । 

यसरी एमालेले अग्रता हाँसिल गरेका स्थानीय तहलाई विश्लेषण गर्दा अझै रोचक विषय भेट्न सकिन्छ । एमालेको अलिअलि पकट भएपनि राजमार्ग र राजमार्ग भन्दा उत्तर तिर मात्रै हुन्छ भनेर गरिएको आकलनलाई यो स्थानीय तहको निर्वाचनले उल्टो सावित गरिदिएको छ । 

एमालेले अग्रता हाँसिल गरेको कूल १७ स्थानीय तहमध्ये ९ वटा स्थानीय तह राजमार्ग भन्दा भित्र रहेको छ । बाँकी ८ वटा स्थानीय तह मात्रै राजमार्ग र राजमार्गभन्दा माथि रहेको छ । अझ राजमार्ग भन्दा माथि पर्ने स्थानीय तह २ वटा मात्रै रहेको छ । 

त्यसैले तराईमा एमालेको पकड क्षेत्र राजमार्गभन्दा माथि मात्रै हो भन्ने मानसिकता गलत रहेको सावित एमालेले यो स्थानीय तहमा एमालेले गरिदिएको छ । एमालेले जितेका स्थानीय तह र त्यसको अवस्थितीको बारेमा तल विस्तृतमा उल्लेख गरिएको छ । 

जिल्ला         स्थानीय तह        उम्मेदवार         अवस्थिती
धनुषा        मिथिला नगरपालिका     हरिनारायण यादव        राजमार्गमा
धनुषा        बटेश्वर गाउँपालिका        डम्वरबहादुर राउत      राजमार्गबाट दक्षिण
धनुषा        मुखियापट्टी गाउँपालिका    मनोज यादव      राजमार्गबाट दक्षिण
धनुषा        मिथिला बिहारी नगरपालिका    अनिल यादव      राजमार्गबाट दक्षिण
धनुषा        मुखियापट्टी गाउँपालिका    मनोज यादव      राजमार्गबाट दक्षिण
धनुषा        औरहि गाउँपालिका        उमाशंकर साह      राजमार्गबाट दक्षिण
बारा         जीतपुरसिमरा उपमहानगर     डा। कृष्ण पौडेल      राजमार्गबाट दक्षिण
बारा         आदर्श कोटवाल गाउँपालिका    लालबहादुर यादव      राजमार्गबाट दक्षिण
सिराहा        सखुवानान्कारकट्टी गाउँपालिका    केदारनाथ यादव          राजमार्गबाट दक्षिण
सिराहा        लहान नगरपालिका        मुनी साह सिडी       राजमार्गमा 
रौतहट        गौर नगरपालिका        शम्भु साह          राजमार्गबाट दक्षिण
पर्सा        पर्सागढी नगरपालिका        गोकर्ण पाठक      राजमार्गबाट दक्षिण
सप्तरी        शम्भुनाथ नगरपालिका    जितेन्द्र प्रसाद गुप्ता     राजमार्ग बीचबाट जान्छ
सप्तरी        सप्तकोशी नगरपालिका    उतम कुमार शर्मा      राजमार्गबाट उत्तर
सप्तरी        सुरुङ्गा नगरपालिका        राम नारायण चौधरी     राजमार्गबाट उत्तर
सर्लाही         लालबन्दी नगरपालिका    मानबहादुर खड्का     राजमार्गमा 
सर्लाही         हरिवन नगरपालिका        गणेश प्रसाई     राजमार्गमा 
सर्लाही         इश्वरपुर नगरपालिका        गणेश प्रसाई     राजमार्गमा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ