arrow

पतरौता नपाको प्रमुखमा फोरम, उपप्रमुखमा राजपा

logo
प्रकाशित २०७४ असोज ६ शुक्रबार
sanghiya-samajbadi-forum-nepal.jpg

कलैया । पतरौता नगरपालिकामा संघीय समाजवादी फोरम नेपालको जित भएको छ । संघीय समाजवादी फोरम नेपालका रमेशकुमार यादवले दुई हजार ६८२ मत प्राप्त गरी विजयी भएको प्रमुख निर्वाचन अधिकृत शम्भुकुमार महतोले जानकारी दिए। उनको निकटतम प्रतिद्वन्द्वी राजपा नेपालका उम्मेदवार श्याम गुप्ता रहेका थिए । उनले दुई हजार ५३७ मत प्राप्त गरेका थिए। 

त्यसैगरी उपप्रमुखमा राजपा नेपालकी ईन्दुकुमारी साह विजयी भएका छन् । उनले दुई हजार ५४६ मत प्राप्त गर्नुभएको थियो भने संघीय समाजवादी फोरम नेपालकी ललिता कुमारीले दुई हजार ५०९ मत प्राप्त गरेका थिए। त्यसैगरी निजगढ नगरपालिकामा नेपाली काँग्रेसका सुरेशकुमार खनाल सात हजार ६४८ प्राप्त गरी विजयी भएको छ भने उनको प्रतिद्वन्द्वी नेकपा(एमाले)का यमबहादुर खड्का रहेको छ । 

खड्काले छ हजार ८१८ मत प्राप्त गरेको छ । उपप्रमुखमा भने एमालेकी लीला खनाल ६ हजार ८१२ मत प्राप्त विजयी भएका छन् । उनको प्रतिद्वन्द्वी नेपाली काँग्रेस र माअ‍ेवादीको गठबन्धनका माओवादीका उपप्रमुख बेनीबहादुर मुक्तान ६ हजार ३७६ मत प्राप्त गरेको थियो । १३ वटा वडा रहेको सो नगरपालिकामा एमाले आठ वडा र नेपाली काँग्रेसले पाँच वडा जितेको प्रमुख निर्वाचन अधिकृत गोविन्दराज गौलीले जानकारी दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ