arrow

फुटसलको आचारसंहिता बन्दै, व्यक्ति इन्ट्रीमा कडाई

logo
प्रकाशित २०७२ माघ १ शुक्रबार
Footsal-new.jpg.jpeg
काठमाडौं । फुटसलका नाममा विकृति बढेको भन्दै प्रहरी–प्रशासनले मापदण्ड नबने सम्मका लागि तत्काल फुटसल गतिविधिमा रोक लगाउने निर्णय गरेको भोलि पल्टै प्रतिबन्ध फुवा भएको छ । व्यवसायी र प्रहरी प्रशासनबीच भएको छलफलमा दुबै पक्षले मापदण्डअनुसार संचालनको बाटो तय गरेका हुन् । 
 
यद्यपि, फुटसल व्यवसायीले पहिलेको मनोमानी सबै तोड्नु पर्ने भएको छ । अब फुटसलको आचारसंहिता नै बन्ने भएको छ । फुटसल कति बजे खुल्ने कति बजे बन्द हुने, को इन्ट्री हुन पाउने, को नपाउने, कति समय खेल्ने, फुटसल खेल्ने ठाउँमा के–के लान मिल्ने भन्ने सन्दर्भमा आचारसंहिता नै बन्ने भएको हो । 
 
फुटसलको विषय टुंग्याउन सात सदस्यीय टोली बनेको छ । टोलीले छलफल गरेर मापदण्ड निर्धारण गर्दै छ । प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीले हाम्राकुरासंग भने,‘उहाँहरुका कुरा पनि सुनियो, हाम्रा कुरापनि राखियो, घरेलुका प्रतिनीधि, शिक्षा अधिकारी पनि छलफलमा हुनुहुन्थ्यो ।’ मैले सहायक प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईको संयोजकत्वमा टोली बनाइदिएको छु ।
 
टोलीमा घरेलु, सुरक्षा र व्यवसायीहरुकै सदस्यहरु छन् । प्रजिअ सुवेदीले टोली सदस्यहरुले कार्यसमिति पनि बनाएका र मापदण्डको विषय तत्काल टुंगो लाग्ने जानकारी दिए । महानगरीय प्रहरी परिसर प्रमुख एवं एसएसपी विक्रम थापाले कार्यदलले छलफल गर्दै छ, छलफलपछि प्रजिअले नै निर्णय घोषणा गर्ने बताए ।  
      
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ