arrow

मनाङ काँग्रेसले उम्मेदवार टुंगो लगायो

logo
प्रकाशित २०७४ असोज २२ आइतबार
Congres.jpg.jpeg

मनाङ । देशभर चुनावी लहर चल्दै गर्दा हिमालपारीको जिल्ला मनाङमा पनि चुनावी चहलपहल बढेको छ । एउटा मात्र संघीय क्षेत्र र दुईवटा प्रदेश क्षेत्र रहेको यस हिमाली जिल्लामा नेपाली काँग्रसले आफ्ना उम्मेदवारको टुंगो लगाएको हो ।

प्रतिनिधिसभामा प्रत्यक्ष तर्फ नेपाली काँग्रेस मनाङका सभापति एवं सांसद टेकबहादुर गुरुङ रहेका छन्, भने समानुपातिक तर्फ समाजसेवी एवं युवा नेता कर्म घलेलाई अगाडि सारेको छ ।

त्यस्तै, प्रदेश क्षेत्र १ मा प्रत्यक्ष तर्फ चिन्तबहादुर घले र समानुपातिक तर्फ साङ्दो लामा रहनुभएको छ । प्रदेश क्षेत्र २ मा भने प्रत्यक्षमा कर्म गुरुङ र समानुपातिक तर्फ सगर गुरुङ र समानुपातिक महिला तर्फ छिरिङ ओङमा घले गुरुङ रहेको नेपाली काँग्रेस मनाङ जिल्ला सचिव सुरेन्द्र गुरुङले बताए ।

करिब ६ हजार मतदाता रहेको यस जिल्लामा चारवटा गाउँपालिका रहेको छ । जसमा स्थानीय निर्वाचनमा नेपालीे काँग्रेसले दुई वटामा जित हासिल गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ