arrow

किसानको पसिनामा विचौलीयाको रजाई, अनुगमन नहुँदा किसान मर्कामा

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७४ असोज २३ सोमबार
bichuliya.jpg

स्याङ्जा । कृषिप्रधान देशका रुपमा परिचत हाम्रो मुलुकमा किसानको पसिनामा बिचौलीयाको रजाई चलेको छ । किसानले उत्पादन गरेको कृषि उपजमा राज्य उदासिन हुँदा बिचौलीयाले रजाई गर्ने मौका पाएका हुन् । किसानले उत्पादन गरेको तरकारीको उचित मुल्य नपाउदा किसान चिन्तित बनेका छन् । कृषि उपजका नाममा खोलीएका सहकारीले पनि बिचौलीयालाई सहयोग गरिदिदा किसान झनै मार खेप्न बाध्य छन् । किसानले उत्पादन गरेको तरकारी उपभोक्ता सम्म आईपुग्दा ३ देखि ५ ठाँउ पार गर्नुपर्ने देखिन्छ । प्रकाकृतिक प्रकोपबाट बचाउदै मेहनत गरेका किसानले बिक्रि गर्ने मुल्य र उपभोक्ता सम्म आई पुग्दाको मुल्य धेरै फरक देखिन्छ ।

स्याङ्जाको भीरकोट नगरपालिका भित्र रहेको नमुना कृषि उपज बजार सहकारी संस्थामा आवद्ध किसानले तरकारीको मुल्य नपाएको गुनासो गरेका छन् । उत्पादन गरेको तरकारीलाई किसानले सहकारीमा ल्याउने गर्दछन् । किसानले ल्याएको तरकारी सहकारी मार्फत खुद्रा व्यापारी भन्दा पनि बिचौलीयालाई बिक्रि गर्दा किसानले मुल्य नपाएका हुन् । सहकारीले बिक्रि गरिदिदा किसानलाई केही सहजता मिले पनि किसानले गरेको परिश्रमको मुल्य भने पाएका छैनन् । दैनिक उत्पादन भएको तरकारीलाई सहकारीमा छाड्ने र मासिक रुपमा मात्रै हिसाव पाउदा तरकारीको मुल्य थाहापाउन नसकेको तरकारी उत्पादक किसान सुमकला थापा बताउछिन् । उत्पादन गरेको तरकारी बोकेर बिक्रि गर्न गाह्रो भएकाले सहकारी मार्फत तरकारी बिक्रि गरेको थापाको भनाई छ । सहकारीमा आवद्ध भएपछि उत्पादन गरेको तरकारी सहकारीमा ल्याउन बाध्य छौं तरकारी उत्पादक किसान थापा भन्छिन्,“सहकारीले पनि व्यापारी सगँ समन्वय गरी किसानको पसिनाको मूल्य उठाईदिनु पर्ने थियो ।” सहकारीले नै बिक्रि वितरण गर्ने भएपछि तरकारीको मुल्य थाहा नभएको उनको गुनासो छ ।

करिव १ सय ५० जना किसान आवद्ध रहेको सहकारीमा हप्ताको तिन पटक किसानले तरकारी ल्याउने गर्दछन् । थापा मात्रै होइन अर्का किसान तेजप्रसाद तिवारीको पनि गुनासो मुल्य नपाएको छ । उत्पादन अनुसारको मुल्य नपाएपनि सहकारीले यो सहजता मिलाईदिएकोमा भने तिवारी खुशी देखिन्छन् । तरकारीको पकेट क्षेत्रको रुपमा चिनिने भीरकोटका किसान सहकारीताकै कारण बिचौलीयाले किसानको पसिनामा रजाई मच्चाई रहेका छन् ।

आमाले उत्पादन गरेको तरकारी लिएर सहकारीमा आएकी बन्दना पौडेलले भने आमाले गरेको मेहनतको मुल्य नपाएपनि घरखर्च चल्न भने सजिलो भएको बताउछिन् । उत्पादन र सहकारी सम्म तरकारी ल्याउदाको समस्या हेर्ने हो भने साच्चै मुल्यमा खेलवाड भएको र यसको अनुगमनमा सरकारी निकाय निकम्वा हुँदा किसान भन्दा बिचौलिया मोटाएको पौडेलको भनाई छ । सहकारीले हरेक महिनाको अन्तिम शुक्रवार किसानको खेतवारीको माटो परिक्षणको शिविर पनि संचालन गर्दै आएको छ । किसानलाई नै फाईदा होस भन्ने हेतुले सहकारी स्थापना गरेपनि सहकारीकै अगाडी आफुहरु मर्कामा परेको भने खुलेर कुरा गर्न सक्दैनन् । तर सहकारीले भने कुनै विचौलीया भन्दा पनि सिधै खुद्रा व्यापारीलाई तरकारी बिक्रि गर्दा किसान मर्कामा नपरेको दावी गरेको छ । मुलुक भरीका सहकारी भन्दा यो सहकारीले किसानलाई मर्कामा नपारेको सहकारीका व्यवस्थापक पदमपाणि अर्याल बताउछन् ।

वास्तविक किसान मर्कामा परेका छन् की छैनन् भन्ने बिषय अनुगमन गर्ने निकाय मौन देखिन्छ । बेला बेलामा तरकारीको मुल्य सार्वजनिक गर्ने र खुद्रा मुल्य देखिने गरी राख्ने हो भने किसानको पसिनामा बिचौलीयाको रजाई भने कम हुने थियो । यस विषयमा संम्वन्धीत निकायले बेलैमा ध्यान दिनु जरुरी छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ