arrow

धादिङमा दुई 'पूर्व माननीय'हरुको घटुवा किन ?

logo
प्रकाशित २०७४ कार्तिक ६ सोमबार
shalikram_rajendra.jpg

काठमाडौं । पहिलो संविधान सभाको निर्वाचनमा नेकपा एमाले र माओवादीबीच प्रतिस्पर्धा भएर भारी मतले माओवादी उम्मेदवारले विजयको झण्डा फहराए । उनले २५ हजार मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका राजेन्द्र पाण्डेले १५ हजार ५ सय मत मात्रै पाए । तेस्रो भएको काँग्रेसले त ८ हजार ६ सयमा मात्रै चित्त बुझाउनु पर्यो । 

दोस्रो संविधान सभाको निर्वाचनमा पनि प्रतिस्पर्धा यिनै दुईबीच चुनावमा भीडन्त भयो । परिणाम उल्टियो । अघिल्लो पटक २५ हजार मत ल्याएका जमकटेल १५ हजारमा सीमित भए त पाण्डेले २२ हजार १ सय मतका साथ विजयको झण्डा फहराए । २०४८ सालदेखि अपराजीत पाण्डे ६४ सालमा मात्रै पराजीत हुनु परेको थियो । केन्द्रीय संसद्का यी दुई पूर्व माननीयहरु अहिले प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रदेश सभा तर्फ उम्मेदवारी दिएका छन् । 

आईतबार सम्पन्न मनोनयनका क्रममा बाम गठबन्धनमा जोडिएका एमाले र माओवादीले धादिङ क्षेत्र नं १ मा यिनै दुई उम्मेदवारहरु पाण्डे र जमकटेललाई उम्मेदवार बनाएको छ । यी दुई किन घटुवा हुन पनि राजी भए त ? 

धादिङको यो क्षेत्र एमालेको पकड क्षेत्र हो । कूल ६ वटा स्थानीय तहलाई समेट्ने यो क्षेत्रमा एउटा माओवादी र अरु सबै एमालेले स्थानीय तहको निर्वाचनमा विजय हाँसिल गरेका थिए । यो क्षेत्रमा एमाले र माओवादीको तर्फबाट भूमि त्रिपाठीलाई चुनावी मैदानमा उभ्याईएको छ । यो क्षेत्रमा उनले जित्ने सम्भावना निश्चित भएको भएपनि केन्द्रमा समेत राम्रो पकड रहेका पाण्डेलाई प्रतिनिधि सभामा उम्मेदवारी नदिई अर्कैलाई टिकट दिईनुमा उनको प्रदेश नं ३ को मुख्यमन्त्रीको लोभ रहेको धेरैको विश्लेषण छ । प्रदेश नं ३ मा एमालेको राम्रो पकड रहेको र राजधानी प्रदेश समेत रहेकोले पनि उनी मुख्यमन्त्रीमा दाबेदारी दिनको लागि प्रदेश सांसद्को रुपमा उम्मेदवारी दिएको विश्लेषण गरिएको छ ।

अर्का नेता जमकटेल भने एमालेसँगको तालमेलको शिकार बन्दै प्रदेशमा उम्मेदवारी दिएर चित्त बुझाउन बाध्य भएका हुन् । उनले प्रतिनिधि सभा सदस्यका लागि टिकट नपाउने निश्चित भएपछि प्रदेश सांसद्को लागि बाटो तताएको विश्लेषण धेरैको छ । प्रदेशमा उठेका उनको पनि एमालेले धोका नदिएको खण्डमा जित निश्चित जस्तै रहेको देखिन्छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ