arrow

२५ अर्बको हवार्इजहाज सिनाम‌ंगलमा यसरी परिणत भयो स‌ंग्रहालयमा 

logo
प्रकाशित २०७४ कार्तिक १८ शनिबार
aviation_musiam.JPG

काठमाडौं । पच्चीस अर्व चौसठ्ठी करोड नेपाली रुपैया पर्ने, करिव आठ महिनामात्रै उडेको अत्याधुनिक हवाइजहाज एअरबस ३३०— ३०० मा तयार पारिएको एभिएसन म्यूजियम सञ्चालनमा आएको छ । २०७१ साल फाल्गुन २० गते काठमाडौंमा अवतरण गर्ने क्रममा ग्राउण्डेड भएपछि सुरु भएको म्यूजियमको अवधारणाले नेपाल नागरिक उड्डयन प्राधिकरण र वेद उप्रेती ट्रष्टको सहकार्यमा काठमाडौंको सिनाम‌‌ंगलमा शनिबारदेखि सार्थकता पाएको छ । अर्थात् म्यूजियम सञ्चालनमा आएको छ । 

एउटा सर्वेक्षणअनुसार संसारभर अर्को एक दशकभित्र ४ लाख ५० हजार नयाँ हवाइ टेक्निसियन र ३ लाख ५० हजारभन्दा बढी पायलट आवश्यक पर्नेछन् । नेपाल लगायत कयौं देशहरूमा अहिले नै दक्ष पायलटहरूको अभाव देखिन्छ । यस्तो स्थितिमा संयुक्त राष्ट्र संघअन्तर्गतको अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठनले पायलटहरूको उत्पादन बढाउन उड्डयन व्यवसायीहरूको नयाँ पिढी कार्यक्रम सञ्चालन गरेको छ र संसारभरका आपूmअन्तर्गतका नागरिक उड्ययन प्राधिकरणहरूलाई त्यस्तो कार्यक्रमहरू गर्न र गराउन निर्देशन समेत दिएको छ । 

यसै सन्दर्भमा नेपालको नागरिक उड्डयन प्राधिकरणले माध्यमिक र उच्चमाध्यमिक तहका विद्यार्थीहरूलाई उड्डयन क्षेत्रतर्फ आकर्षित गर्न कयौं कार्यक्रमहरू सञ्चालनगर्न गइरहेका बेला वेद उप्रेती ट्रष्टले ग्राउण्डेड एअरबस–३३० खरिद गरेर म्यूजियम बनाउने सोच बनाएको ट्रष्टले जनाएको छ । यसैको परिणाम स्वरूप नेपाल नागरिक उड्डयन प्राधिकरण र वेद उप्रेती ट्रष्टको सहकार्यमा शनिवारदेखि संग्रहालय सञ्चालनमा आएको हो ।  

एभिएसन म्युजियमका उद्देश्यहरू :
१. युवापुस्तालाई नागरिक उड्डयनतर्फ आकर्षित गर्ने 
२. हवाइइतिहास बारे जानकारी गराउने
३. उड्ययनक्षेत्रको वर्तमान अवस्था अनि भविष्यका सम्भावना र चुनौतीहरूका बारेमा  जानकारी दिने
४. नेपालमै एउटा नयाँपर्यटकीय केन्द्र स्थापनागर्ने 
५. शैक्षिक संग्रहालयको माध्यमले स्वदेशी तथा विदेशीहरूलाई ज्ञान र मनोरञ्जन एकैसाथ प्रदानगर्ने  
६. विद्यार्थीहरूकालागि प्रेरणा र प्रोत्साहनको केन्द्र बनाउने । 

कसरी बन्यो संग्रहालय ?
त्रिभुवन विमानस्थलमा अवतरणका क्रममा ग्राउण्डेड भएको जहाजलाई धावनमार्गबाट २०० मिटर परसम्म लैजान पनि चार दिनलागेको थियो । जसका कारणले त्रिभुवन विमानस्थल चार दिनसम्म बन्दहुन पुगेको थियो । यस्तो विशालकाय जहाजलाई विमानस्थलको पूर्वी भागबाट म्यूजियम बनाउने स्थानसम्म ल्याउन दर्जनौं स्वदेशी र विदेशी प्राविधिकहरूले चार महिना सम्म लगातार काम गरेका थिए । 

लामालामा लरीहरूमा उक्त जहाजका भागहरू राती १ बजेदेखि ३ बजेसम्म विमानस्थलबाट म्यूजियमस्थलसम्म ल्याइएका थिए । साँघुरो बाटो र लामो विमान भएकाले घुम्तीहरूमा अड्किएपछि क्रेनले समेत उठाएर दायाँवायाँ राख्दै अगाडि बढाउनु परेको थियो । यसरी जहाजलाई यहाँ ल्याएपछि हालको स्थितिमा पु¥याउन पूरापुर ९ महिनालाग्यो। यस म्यूजियमले नेपालभरिका कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरू म्यूजियम भिजिटका लागि स्कुलबाट सिफारिस लिई आएमा निःशुल्क र परिचयपत्र सहित आएका सबै विद्यार्थीहरूलाई ५०% छुट दिनेछ ।

म्यूजियममा के छ ?
यस म्युजियमभित्र ३५० भन्दा बढी माईनेचर जहाजहरू, राईट ब्रदर्स मोडल जहाज, एयर बस ३३० विमानका रेपलिका, सयौं कमर्सियल एयरलाइनकाजहाजहरू, नेपालको हवाइ सेवा र नेपालीआकाशमा उडेका जहाजहरू, इक्वेरल हेलिकप्टर र कयौं ज्ञानवद्र्धक जानकारी उपलब्ध छ । यो प्रत्येक दिनको बिहान १० बजेदेखि साँझ ५ बजेसम्म स१चालन हुने जनाईउको छ भने यसको प्रवेश शुल्क नेपाली विद्यार्थीको लागि १ सय ५०, नेपालीको लागि ३ सय, विदेशीको लागि ६ सय भ्याट सहित लाग्ने बताईउको छ । पहिलो महिना नेपाली विद्यार्थीलाई  १ सय २५ रुपैयाँ, नेपाली अन्यलाई २ सय ५० र विदेशी लाई ५ सय रुपैयाँ लाग्ने बताईएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ