arrow

समानुपातिकमा काँग्रेसको ३६ प्रतिशत मत आउने बालकृष्ण खाँणको दाबी

केपी ओलीको राष्ट्रवादले मुलुकमा गृहयुद्ध र विखण्डनको विउ रोप्छ : खाँण

logo
प्रकाशित २०७४ कार्तिक १९ आइतबार
balkrishna_khad.jpg

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँणले एमाले अध्यक्ष केपी शर्मा ओलीको उग्रराष्ट्रवादले मुलुकलाई गृहयुद्धमा फसाउने र मुलुक विखण्डनको विउ रोप्ने आरोप लगाएका छन् । सोमबार काँग्रेस पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा बोल्दै नेता खाँणले ओलीको राष्ट्रवाद उग्र तथा खोक्रो रहेकोले यसले मुलुकमा एकता भन्दा विखण्डन तर्फ उन्मुख गराउने बताए ।

एउटा सम्प्रदायलाई उचाल्ने र अर्को सम्प्रदायलाई खसाल्ने ओली प्रवृत्तिका कारण मुलुक गृहयुद्धमा फस्ने र अन्तमा विखण्डनको बाटोमा जाने भन्दै ओलीको बोली झट्ट सुन्दा राष्ट्रवाद जस्तो लाग्ने भए पनि त्यसले मुलुकमा विखण्डनको विउ रोप्ने बताए । 'यो प्रवृत्ति र सिके राउत प्रवृत्ति एउटै हो' उनले बताए । 

काँग्रेसले कसैलाई काखा र कसैलाई पाखा नगर्ने भन्दै सम्प्रदाय र जातीयताको सानो झगडाले पनि मुलुकमा ठूलो समस्या ल्याउने भएकोले काँग्रेसले मधेशको मुद्दालाई पनि राष्ट्रिय मुद्दाको रुपमा लिएर अघि बढेको खाँणले बताए । 'नेपाली काँग्रेस नेपालमा मेलमिलाप र एकतालाई सँगै लिएर जान चाहन्छ । कुनै पनि क्षेत्रमा उठेको क्षेत्रीय आन्दोलनलाई समयमा नै सम्बोधन गरेन भने नेपालमा विखण्डनको विउ रोकिन सक्छ । यसलाई रोक्न नेपाली काँग्रेस नै चाहिन्छ ।' उनले भने 'त्यसैले यो निर्वाचनमा काँग्रेसलाई अमूल्य मत दिन आग्रह गर्दछु ।' 

खाँणले नेपाली काँग्रेसले समानुपातिक तर्फ यो पटक मत बढाउने बताए । एमाले र बाम गठबन्धनका कारण पनि काँग्रेसको समानुपातिक मतमा भारी सुधार आउने उनको दाबी छ । बाम गठबन्धनमा जोडिएका एमाले र माओवादीले क्रमशः ६० प्रतिशत र ४० प्रतिशत उम्मेदवार उठाएको तर्फ ईशारा गर्दै नेता खाँणले उम्मेदवार नउठाएको ठाउँमा कार्यकर्ता परिचालन नहुने र कार्यकर्ता परिचालन नभएको ठाउँमा समानुपातिक मत कम आउने भन्दै यसले काँग्रेसलाई फाईदा हुने बताए । 

यस अघिको चुनावमा काँग्रेसले समानुपातिक तर्फ ३२ प्रतिशत भोट ल्याएकोमा यो पटक समानुपातिक मतको संख्या बढेर ३६ प्रतिशत पुग्ने उनको आकलन छ। उनले लोकतान्त्रिक पार्टीले गरेको केही निर्णयहरुमा आलोचना हुनु स्वभाविक रहेको भन्दै जायज आलोचनाहरुलाई आत्मसाथ गरेर काँग्रेसले आफ्ना कमजोरी सुधार्दै जाने बताए । उनले सञ्चारमाध्यमहरुबाट पनि काँग्रेसले गरेका कामलाई स्पष्टसँग बुझाउन सकियो भने काँग्रेसको बहुमत आउन कुनै समस्या नै नरहेको भन्दै यसको लागि सञ्चारमाध्यमहरुमार्फत् काँग्रेसले गरेका काम र एजेण्डाहरुलार्इ स्थापित गर्न प्रचार समिति लागि पर्ने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ