- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
मोरङ । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले आफ्नो क्षेत्रमा बसोवास गरिरहेका सवै विपन्न परिवारलाई टिनको छानो लगाइदिने घोषणा गरेका छन् । चुनावी दौडाहाका क्रममा आइतवार मोरङ क्षेत्रन ६ को वुढीगंगामा आयोजित सभामा सम्वोधन गर्दै उनले आगामी ५ बर्षभित्रमा सवै फुसको घर टिनमा परिणत हुने दावी गरे । डा कोइरालाको सो घोषणाले मोरङ ६ का मतदातामा उत्साहा छाएको छ । फुसको छानोमा जिवन गुजारा गरिरहेका हजारौ परिवारहरुले डा कोइरालाको यो चुनावी घोषणालाई सकारात्मक रुपमा लिएका छन ।
कोइरालाको चुनावी क्षेत्र अधिकांश ग्रामिण भेगमा परेका छन । विराटनगर महानगरपालिकाको वडा न ४ ,५,६,७,९, ११ र १२ वडामा अधिकांश विपन्न परिवारको बसोवास रहेको छ । यहाँ बस्ने हजारौ परिवार अझै पनि फुसको छानामो बसिरहेका जिवन गुजारिरहेका छन । विराटनगरको छिमेकी गाविस वुढीगंगा गाउपालिकामा मूसर , सतार , ऋषिदेव , थारु , वाँतर , चौधरी , राजवंशी , ताजपुरिया , यादव , साह , सुतियार , मण्डल को बाहुल्यता छ । यी सवै जातजाति अति विपन्न परिवारका छन । अधिकांशले घरमाथी फुस छाएर बसेका छन ।
मोरङ क्षेत्र नं ६ कै सुन्दर हरैचाको वडा न २ , ३ ,४ ,५ ,६ र ७ मा आदीवासीहरुको वाहुल्यता छ । यहाँका स्थानीयहरुको जिवनस्तरमा केही सुधारमुन्ख देखिएपनि नगरपालिको ग्रामिण क्षेत्रमा बस्ने घेरै गरिवीको रेखामुनीमै छन । पछिल्लो तथ्याङक अनुसार मोरङ ६ मा बसोवास १ लाख ५६ हजार मध्ये अधिकांश परिवार गरिबिको रेखामुनीका छन । जसमध्ये २० हजार घर परिवारको घरको छानो फुसले छाएको छ ।
उनीहरुलाई गाँस , वास र कपासको समस्या त्यस्तै छ , वुढीगंगा गाउपालिकाका कांग्रेस नेता एवं पूर्व सभासद विरेन्द्र माझीले भने डा. 'कोइरालाले चुनावमा गरेको प्रतिवद्धतालाई अक्षरस पालना गरे यस क्षेत्रका विपन्न परिवारको जिवनस्तरमा सुधार आउने छ '। यस्तै कोइरालाले सरकारी विद्यालयबाट (एसईई) मा ७० प्रतिसत भन्दा बढी अंक ल्याएर उत्तिर्ण गर्ने सवै छात्र छात्रालाई शैक्षिक ल्यापटप वितरण गर्ने बताए । मोरङ ६ को गछिया खोला , केशलीया र वुढीगंगाले यस क्षेत्रमा ठूलो धनजनको क्षति पुर्याउदै आएकोले गछिया खोलामा तटवन्धन निर्माण गर्ने डा कोइरालाको भनाई छ ।
गछिया खोलाको टठ बन्धनको लागी डिपीआर तयार भैसकेको छ , केही महिनामै खोलामा तटवन्धन सुरु हुन्छ डा कोइरालाले भने । मोरङ ६ पर्ने पूर्वाञ्चल विश्वविद्यालको सुधारको लागी आगामी १ बर्षभित्रमै विश्वविद्यालयमा मेडिकल कलेज संचालन गर्ने उनले घोषणा गरे । आदीवासी जनजातीहरुको बाहुल्य क्षेत्र रहेकोले यस क्षेत्रको वुढीगंगा गाउपालिकामा जनजाति संग्राहालय स्थापना गर्ने डा कोइरालाले बताए ।