arrow

नेपालमा कम्युनिष्ट शासन ल्याउने कुचेष्टा हुँदैछ : शशांक

logo
प्रकाशित २०७४ कार्तिक २६ आइतबार
sashank-koi-mn.jpeg

गोरखा । काँग्रेस महामन्त्री शशांक कोइरालाले नेपालमा कम्युनिष्ट शासन ल्याउने कुचेष्टा भइरहेको बताएका छन् ।

चुनाव प्रचारप्रसार अभियानमा सहभागी हुन गोरखा पुगेका महामन्त्री कोइरालाले कम्युनिष्टहरु तानाशाह लाद्न हात धोएर लागि परेका आरोप लगाए ।

उनले  संविधानको सफल कार्यान्वयन र देशलाई आर्थिक विकासको दिशातर्फ उन्मुख गर्न लोकतान्त्रिक शक्तिले जित्नै पर्ने बताए ।

कोइरालाले मान्वु, काशीगाउँ, केरौंजा र सिर्दिवासमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लोकतान्त्रिक गठबन्धनले निर्वाचन जितेमा मात्रै संविधानमा निर्दिष्ट अधिकार जनताले पाउने बताए ।

चुनावी सभामा गोरखा १ प्रतिनिधिसभाका उम्मेदवार चीनकाजी श्रेष्ठ, गोरखा १ प्रदेश (ख) का उम्मेदवार राजेन्द्र बजगाईं, समानुपातिक उम्मेदवार तथा काँग्रेस गोरखाका सभापति हरिबहादुर घले, काँग्रेस नेत्री कमला पन्तलगाययतले लोकतान्त्रिक गठबन्धनले जित्नुपर्ने धारणा राखे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ