arrow

राजेन्द्र पाण्डेलाई दशा लाग्यो, प्रचारमा जाँदा लडेर घाइते 

logo
हाम्रा कुरा
प्रकाशित २०७४ कार्तिक २९ बुधबार
rajendra-pandey.jpg

मलेखु । चुनावी प्रचारमा गएका वाम गठबन्धनका उम्मेदवार तथा नेकपा एमाले पोलिटब्यूरो सदस्य राजेन्द्रप्रसाद पाण्डे बुधबार लडेर घाइते भएका छन् ।  

दक्षिणी धादिङको धुनीवेसी नगरपालिका–७ तोप्लाङका घरदैलो गर्दै गर्दा मजुवा लिखुतर्फ जाँदै गर्दा चिप्लिएर लड्दा घाइते भएको  पाण्डेका स्वकीय सचिव दिनेश घिमिरेले जानकारी दिए । 

टाउको र गालामा चोट लागेको पाण्डेको नौविसेस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारपछि थप उपचारका लागि मनमोहन अस्पतालमा भर्ना गरिएको छ । 

पाण्डे धादिङको निर्वाचन क्षेत्र नं १ को प्रदेशसभाका लागि वाम गठबन्धनका साझा उम्मेदवार हुन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ