arrow

जनार्दन शर्मालाई चप्पल हान्ने युवती को हुन, किन प्रहार गरिन चप्पल ?

logo
प्रकाशित २०७४ मंसिर १ शुक्रबार
Janardan-Sharma-Nirmala-sandel-chappal.jpg

रुकुम । माओवादी केन्द्रका नेता तथा विनाविभागीय मन्त्री जनार्दन शर्मालाई आफ्नै गृहजिल्ला पश्चिम रुकुममा एक महिलाले चप्पल प्रहार गरेकी छिन् ।

बाफिकोट गाउँपालिकाको नेटामा बिहीबार आयोजित चुनावी सभामा सहभागी शहीद परिवार निर्मला खड्काले चार बजेतिर मन्त्री शर्मालाई चप्पलले हानेकी हुन् । 

शर्माले शहीद परिवार र माओवादी आन्दोलनलाई धोका दिएको आक्रोशमा चप्पल प्रहार गरेको खड्काले बताएकी छिन्। 

माओवादी केन्द्रका नेता शर्मा पश्चिम रुकुमबाट प्रतिनिध सभाको सांसदका लागि उम्मेदवार बनेका छन् ।

मन्त्री शर्मालाई खड्काले चप्पल प्रहार गरेपछि माओवादी केन्द्र निकट वाईसियलका कार्यकर्ताले उनलाई कुटपिट गरेका थिए। 

प्रत्यक्षदर्शीका अनुसार वार्इसिएलको निर्घात कुटपिटबाट अशक्त बनेकी खड्कालाई प्रहरीले गिरफ्तार गरेको छ ।

रुकुमबाट चुनाव जितेर मन्त्री भइसक्दा समेत शहीद परिवारलाई बेवास्ता गरेको र शहीदहरूको अपमान गरेको भन्दै खड्काले चप्पल प्रहार गरेकी पटकपटक बताइन। 

बाफिकोटमा जनयुद्धका बेला रुकुम जिल्लाकै सबैभन्दा बढी शहीद भएको गाउँपालिकामा पर्छ ।

यसअघि मन्त्री शर्मामाथि पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८, को गोइरीमा चुनाव प्रचार प्रसारका बेला कात्तिक २४ गते नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बम प्रहार गरेको थियो ।

माओवादी अध्यक्ष प्रचण्डलाई समेत काठमाडौंमा पूर्व लडाकुले नै केहि बर्ष अघी जुत्ता प्रहार गरेका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ