arrow

लोकतान्त्रिक शक्ति नजिते देशमा कम्युनिष्ट शासन लादिने : नेता यादव

logo
उपेन्द्र यादव,
प्रकाशित २०७४ मंसिर १ शुक्रबार
pic_of_radhechand_yadav_ko_ghardailo_suwarn1.jpg

बारा । काँग्रेसका केन्द्रिय सदस्य तथा बारा प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र २ का उम्मेदवार राधेचन्द्रले काँग्रेसका उम्मेदवारहरुलाई भोट दिएर नजिताएको अवस्थामा लोकतन्त्र नै समाप्त हुने खतरा रहेको बताएका छन्।

शुक्रबार गरिएको घरदैलो कार्यक्रममा प्रतिनिधि सभा सदस्यका प्रतिस्पर्धि नेताले लोकतन्त्रलाई बचाई राख्नको लागि तपाईहरुले काँग्रेसका उम्मेदवारहरुलाई भोट दिनै पर्ने समय आएको बताए। लोकतान्त्रिक शक्तिहरुले नजितेको अवस्थामा बाम गठबन्धन जिते पछि देशबाट लोकतान्त्रिक व्यवस्थालाई समाम्त पारेर कम्युनिष्ट शासन लादने सम्भावना रहेको नेता यादवले मतदाताहरुलाई जानकारी गराएका छन्।

कम्युनिष्ट शासन देशमा लागु भए पछि अहिले देशको जनताले पाएको स्वतन्त्रता समेत समाप्त भएर जाने नेता यादवले बताए। प्रदेश सभा २ ख का उम्मेदवार मणिभुषन यादवले मधेसी समुदायको हक अधिकारको लागि काँग्रेस पार्टी मात्रै भएकोले काँग्रेसका उम्मेदवारलाई नै भोट दिएर जिताउने मतदातालाई घर दैलो कार्यक्रममा अग्रह गरे ।

शुक्रबार सुवर्ण गाउँपालिकाको विभिन्न टोलमा प्रतिनिधि सभाका उम्मेदवार नेता यादव र  प्रदेश सभा ख का उम्मेदवार मणिभुषन यादवसँगै जनताको घर घरमा गएर रुख छापमा भोट दिएर काँग्रेसका उम्मेदवारहरुलाई जिताउन आग्रह समेत  गरेका छन ।

सुवर्ण गाउँपपालिकाको मुसहर्ना,कवही, बगही,पसरामपुर, सनफुलवा लगाएतका गाउँमा सयौको संख्यामा रहेका काँग्रसका नेता तथा कार्यकर्ताको साथमा काँग्रेसका प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारहरुले घरदैलो कार्यक्रम गरेका हुन ।

घरदैलो गर्ने क्रममा सुवर्ण गाउँपालिकाका प्रमुख पदका काँग्रेस प्रत्यासी राजेश प्रसाद, राजपाका प्रत्यासी कैशियर भनिने राजेन्द्र यादव, देवताल गाउँपालिका प्रमुख पदका काँग्रेस प्रत्यासी बच्चु बावा भनिने हरिप्रसाद यादव, भैयाराम यादव, सतेन्द्र यादव, रामएकबाल यादव, राजदेव साह, जयनारायण यादव लगाएतका सयौ काँग्रेसका नेता तथा कार्याकर्ताहरुको सहभागिता रहेको थियो



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ