arrow

काँग्रेस उम्मेदवार आचार्यको घर नजिकै बम फेला

logo
अनु आचार्य,
प्रकाशित २०७४ मंसिर ४ सोमबार
boom_fela.jpg

रसुवा । रसुवाको उत्तरगया गाउँपालिका–५ लहरेपौवास्थित चौतारामा सुतली बम फेला परेको छ । प्रतिनिधि सभाका लागि लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका इन्जिनियर मोहन आचार्यको घर नजिकै बम फेला परेको प्रहरीले जनाएको छ । 

बम राखिएको जानकारी पाए लगत्तै नेपाल प्रहरी र नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा गएको प्रहरी निरीक्षक धुब्र सिलवालले बताए । निर्वाचनलाई लक्षित गरी अज्ञात समूहले आज बिहान ७ बजे बम राखिएको  स्थानियलाई उदृत गर्दै प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ