arrow

विनोद चौधरी र गगन थापाले के भनेर मागे केसीलाई मत ?

logo
प्रकाशित २०७४ मंसिर ७ बिहिबार
binod-gagan-arjun.jpg

नुवाकोट। नेपाली काँग्रेसको तर्फबाट समानुपातिक सांसदमा सिफारिस भएका उद्यमी विनोद चौधरी र नेपाली काँग्रेसका नेता गगन थापा नुवाकोट २ बाट नेपाली काँग्रेसका तर्फबाट संसदमा प्रत्यासी भएका नेता अर्जुन नरसिंह केसीलाई मत माग्न नुवाकोट पुगेका छन्। 

आफ्नो अन्तिम चुनावी सभामा सम्वोधन गर्न केसीले चौधरी र थापालाई निम्त्याएका थिए। देशव्यापी दौडामा रहेका चौधरी र आफ्नो निर्वाचन क्षेत्र बाहेक सिमिति ठाउँमा पुगेका थापाले नुवाकोटका दुई आमसभालाई सम्वोधन गर्न भ्याए। 

केसीको क्षेत्र नम्वर २ को आमसभा पछि चौधरी र थापाले क्षेत्र नम्वर १बाट प्रत्यासी रहेका डा रामशरण महतको क्षेत्रको सभामा पनि सम्वोधन गरेका थिए।  

राजनीतिक परिवर्तनको नेतृत्व गरेको नेपाली काँग्रेसले अब देशको समृद्धीको अभियानको पनि नेतृत्व गर्ने उद्यमी तथा काँग्रेस नेता विनोद चौधरीले बताए। अब बन्ने संसदमा अर्जुननरसिंह केसी जस्ता परिपक्व र समझदार नेताको आवश्यकता रहेको जनाउँदै चौधरीले नुवाकोटका जनताले पुन केसीलाई जिताउने विश्वास दिलाए।

नेपाली काँग्रेसमा आउनुअघी पनि केसीसँग साथीको रुपमा सहकार्य हुँदै आएपनि अब भने एउटै राजनीतिक दलभित्र रहेको फाइदा उठाउँदै देशको समृद्धीको लागि सहकार्य गर्ने चौधरीले बताए। 

उद्योग व्यवसायमा सफलता हासिल गरेको मान्छे किन नेपाली काँग्रेसको राजनीतिमा होमिएको भन्ने धेरैको जिज्ञासालाई शान्त पार्दै चौधरीले देशलाई समृद्ध नबनाइ केहि व्यक्ति धनी भएर देशलाई केहि फरक नपर्ने देखि देशकै सबैभन्दा भरपर्दो राजनीतिक शक्ती नेपाली काँग्रेसमा समाहित भएको बताए। 

देशलाई समृद्ध बनाउने अभियान निश्चित गन्तव्यसम्म पुर्‍याउन आफू अहोरात्र खट्ने चौधरीले बताए। 

लोकतन्त्रमा मात्र देश समृद्धीको बाटोमा अग्रसर हुन सक्ने बताउँदै चौधरीले यसका लागि देशकै पुरानो लोकतान्त्रिक दल नेपाली काँग्रेसलाई समर्थन जनाउन आग्रह गरे। 

नेपाली काँग्रेसका नेता तथा चुनावी प्रचार प्रसार समितिका संयोजक गगन थापाले लोकतन्त्र, स्वतन्त्रता, आर्थिक समृद्धी, विकास र रोजगारी सिर्जनाका लागि काँग्रेसलाई समर्थन जनाउन आग्रह गरे। थापाले नेपालको नीति क्षेत्र किन नेपाली काँग्रेस र नेपाली काँग्रेसको नीतिप्रति आकर्षित भएको हेर्दै देशकै सबैले विश्वास गरेको पार्टी काँग्रेसलाई समर्थन जनाउन आग्रह गरे। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ