arrow

प्रजातन्त्र सेनानी सापकोटाको शुक्रबार देवघाटमा अन्तिम संस्कार गरिदै

logo
प्रकाशित २०७४ मंसिर ८ शुक्रबार
Devghat.jpg

चितवन । पञ्चायत विरोधी आन्दोलनमा सक्रिय प्रजातन्त्र सेनानी दधीराम सापकोटाको शुक्रबार बिहान आफ्नै निवास भरतपुर महानगरपालिका वडा नं ४ लंकूमा निधन भएको छ । 

विसं १९८२ मा बागलुङको गल्कोटमा जन्मिएका सापकोटा २०१८ सालमा चितवन आएका थिए । स्वतन्त्रताका लागि धेरै पटक कारावास जीवन बिताएका सापकोटा २०२९ सालमा जनपक्षीय उम्मेदवारका रुपमा नारायण गाउँ पञ्चायतको उपप्रधानपञ्चमा निर्वाचित भएका थिए। 

पञ्चायती व्यवस्थालाई राजनीतिक दलहरुले उपयोग गर्ने रणनीति लिएपछि उनी भरतपुर नगरपालिकाको पहिलो उपप्रधानपञ्चमा २०३५ सालमा निर्वाचित भएका थिए । 

नेपाली काँग्रेस भरतपुर नगर सभापति एवं जिल्ला कार्यसमितिका सदस्यसमेत भइसकेका सापकोटा लक्ष्मी मावि लंकूको संस्थापक हुन्। सापकोटाका तीन छोरा र दुई छोरी छन् । उनको शुक्रबारनै पवित्र तीर्थस्थल देवघाटमा अन्तिम संस्कार गरिँदैछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ