arrow

सर्लाहीमा काँग्रेस र राजपाका कार्यकर्ताबीच झडप, प्रहरीको हवाई फायर 

logo
प्रकाशित २०७४ मंसिर २१ बिहिबार
sarlahi.png

काठमाडौं । सर्लाहीको करौना गाउँपालिका वडा नं २ मा काँग्रेस र राजपाका कार्यकर्ताहरुबीच झडप भएको छ। एक जना महिलाको मतदान गर्न जाने विषयमा सुरु भएको झडपले उग्र रुप लिने स्थिती देखेपछि प्रहरीले तीन राउण्ड हवाईफायर समेत गरेको थियो । 

जिल्ला प्रहरी कार्यालय सर्लाहीले दिएको जानकारी अनुसार सो घटनामा एक जना महिला घाईते भएकी छिन् । उनी हवाई फायरको क्रममा आत्तिएर भाग्ने क्रममा उनको दाँतमा चोट लागेको प्रहरीले जनाएको छ । 

यदी हवाई फायर नगरेको भए स्थिती बढ्दै जाँदा मतदान केन्द्रको सुरक्षामा नै समस्या आउने देखेर प्रहरीले हवाई फायर गरेको प्रहरीले जनाएको छ । त्यहाँ अहिले मतदान चलिरहेको छ । त्यो मतदान केन्द्रभन्दा केही टाढा हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ