arrow

बाबुरामको नयाँ शक्तिमा कलाकारदेखि प्राध्यापकसम्म (नामावलीसहित)

३५ सदस्यीय केन्द्रीय परिषद घोषणा

logo
प्रकाशित २०७२ माघ १० आइतबार
Dr-Baburam_Bhattarai.jpg.jpeg
काठमाडौं। एमाओवादी त्यागेका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नै नेतृत्वमा ३५ सदस्यीय नयाँ शक्तिको घोषणा गरेका छन्। आइतवार पत्रकार सम्मेलन गरी भट्टराईले ३५ सदस्यीय केन्द्रीय परिषदको घोषणा गरेका हुन्। नयाँ शक्तिको राष्ट्रिय परिषद २ सय ६५ सदस्यीय हुने बताइएको छ। आइतवार घोषणा गरिएको परिषदमा भने ३५ सदस्यको नाममात्रै सार्वजनिक गरिएको छ। 
 
बाबुरामको नयाँ शक्तिमा नायिका नायकदेखि पूर्व प्रशाशकसम्म अटाएका छन्। प्राध्यापकदेखि विश्लेषक अनि अभियानकर्ताहरुसम्म पनि नयाँ शक्तिको पहिलो किस्तामा सार्वजनिक गरिएका छन्। 
 
बाबुरामको नयाँ शक्तिमा नायिका नायकदेखि पूर्व प्रशाशकसम्म अटाएका छन्। प्राध्यापकदेखि विश्लेषक अनि अभियानकर्ताहरुसम्म पनि नयाँ शक्तिको पहिलो किस्तामा सार्वजनिक गरिएका छन्। घोषणा कार्यक्रममा उद्योगपति विनोद चौधरीले शुभकामना मन्तव्य दिएका थिए। केहि दिनअघी उनको एमाले र एमाओवादीका बारेमा कटु टिप्पणी आएको थियो। 
 
यिनिहरु हुन बाबुरामले सार्वजनिक गरेका ३५ नयाँ शक्ति 
संयोजक
१.    डा. बाबुराम भट्टराई    गोरखा
परिषद् सदस्यहरु
२    अशोक शर्मा    झापा
३    ऋषवदेव भट्टराई    चितवन
४    कमला हेम्चुरी    पाल्पा
५    करिश्मा मानन्धर    काठमाडौं
६    केशव दाहाल    सुनसरी
७    डा. केशवमान शाक्य    काठमाडौं
८    गणेशराज राई    भोजपुर
९    डा. चैतन्य सुब्बा    ताप्लेजुङ
१०    डा. जीतेन्द्र महासेठ    सिराहा
११    टिका गौचन    म्याग्दी
१२    डम्बर खतिवडा    सुनसरी
१३    तिलक थापा मगर    मोरङ
१४    दलमर्दन कामी    सुनसरी
१५    दुर्गा सोव    डोटी
१६    देवेन्द्र पौडेल    बाग्लुङ
१७    नत्थुप्रसाद चौधरी    सप्तरी
१८    नारायण पाण्डे    गोरखा
१९    पासाङ्ग शेर्पा    ताप्लेजुङ
२०    डा. प्रवीण मिश्र    महोत्तरी
२१    मदन राई    खोटाङ
२२    मनप्रसाद सुनुवार    रामेछाप
२३    मुमाराम खनाल    कपिलबस्तु
२४    डा. मुक्ति रिजाल    अर्घाखाँची
२५    मोहनी महर्जन    काठमाडौं
२६    डा. राजेन्द्र के.सी.    धादिङ
२७    डा. रामकेवल साह    धनुषा
२८    रामचन्द्र झा    धनुषा
२९    रामेश्वर खनाल    पाल्पा
३०    लिली थापा    काठमाडौं
३१    वज्रकिशोर यादव    धनुषा
३२    विसन राई    खोटाङ
३३    सरोज खनाल    चितवन
३४    डा. सुरेन्द्र चौधरी    दाङ
३५    हरेराम कोईराला    गोरखा



नयाँ