arrow

विजयी भएपछि महराले काँग्रेसलार्इ दिए धन्यवाद 

भोलिदेखि नै दाङको विकासका लागि योजना बनाउन लाग्ने 

logo
प्रकाशित २०७४ मंसिर २३ शनिबार
DPM-Krishna-Bahadur-Mahara-returns-from-China-aa.jpeg

तुलसीपुर। उपप्रधानमन्त्री (माओवादी केन्द्र)का नेता तथा प्रतिनिधिसभा सदस्यमा दाङ क्षेत्र नं २ बाट भर्खरै निर्वाचित भएका कृष्णबहादुर महराले आफूले निर्वाचनका क्रममा जनतासामु राखेका सबै प्रतिबद्धता पूरा गर्न बताएका छन् । 

निर्वाचित भएलगत्तै महराले भोलिदेखि नै दाङको विकासका लागि योजना निर्माणमा लाग्ने बताए। उनले सबैसँग सहमति र सहकार्य गरेर देशलाई समृद्धितर्फ लाग्ने बताए । दाङलाई प्रदेश नं ५ को राजधानी बनाउन आफूले पहल गर्ने पनि बताए। उनले यही सरकारबाट ५ नं प्रदेशको अस्थायी मुकाम दाङलाई तोक्नेछौँ भने। 

नेता महराले निर्वाचित भइसकेपछि आफू सबैको साझा प्रतिनिधि रहेको र मतदान गर्नुहुने र मतदान गर्न नसक्नुभएका आम जनसमुदायलाई समानरुपमा व्यवहार गर्नेछु भने । उनले निर्वाचनमा विजयी हुनु र विजयी हुन नसक्नु स्वभाविक प्र्रकिया रहेको बताउँदै निर्वाचनमा स्वस्थ प्रतिस्पर्धा गर्ने नेपाली काँग्रसका उम्मेदवारलगायत अन्य सबै उम्मेदवारलाई धन्यवाद दिए । उनले निर्वाचनमा सहयोग गर्ने आम मतदातालाई पनि धन्यवाद दिए । 

महरालाई भोलि बिहान निर्वाचन अधिकृतको कार्यालयले निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्ने जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ