arrow

रमेश लेखकले मत अन्तर घटाए, जित्नेमा कार्यकर्ता आशावादी

logo
प्रकाशित २०७४ मंसिर २४ आइतबार
lekhak1.jpg

भीमदत्तनगर । कञ्चनपुरमा काँग्रेस उम्मेदवार रमेश लेखकले मत अन्तर घटाएका छन् । वाम गठवन्धनका उम्मेदवार दिपकप्रकाश भट्टसँग उनले मत अन्तर ३ सयमा झारेका हुन् । पछिल्लो परिणाम अनुसार लेखकले मतअन्तर निकै कम गरेका हुन् ।

दिपकप्रकाश भट्ट भने ३ सय मतले अझै अघि छन् । भट्टले १७ हजार ८८ मत ल्याउँदा लेखकले  १६ हजार ७ सय ८८ मत ल्याएका छन् ।

भीमदत्त नगरपालिका वडा नम्बर ६ र १० को गणना गर्दा लेखकले मतअन्तर घटाएकाले जित्नेमा आशावादी रहेको काँग्रेस कार्यकर्ताहरुले बताएका छन् ।

अब १२, १३, १४, ४ र १९ नम्बर वडाका मत गणना गर्न बाँकी छ । जसले लेखकलाई विजयी गराउने आधार अझै कायम रहेको बताइँदै छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ