arrow

माकेका गिरिराजमणि पोखरेल विजयी

logo
प्रकाशित २०७४ मंसिर २५ सोमबार
giriraj_p.jpg

महोत्तरी । महोत्तरी क्षेत्र नं १ बाट नेकपा माओवादी केन्द्रका गिरिराजमणि पोखरेल प्रतिनिधिसभामा विजयी भएका छन् ।  

उनी २३ हजार ७७६ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालकी लक्ष्मी महतोले १९ हजार ४९२ मत प्राप्त गरिन् ।  

यसअघि २०६४ र २०७० सालको संविधानसभा चुनावमा पनि पोखरेल महोत्तरीबाटै निर्वाचित भएका थिए । पोखरेल गणतन्त्र स्थापना भएपछि बनेको एकीकृत नेकपा माओवादी नेतृत्वको संयुक्त सरकारमा स्वास्थ्यमन्त्री थिए । 

उनी २०७२ सालमा शिक्षामन्त्री र २०७४ सालको जेठमा स्वास्थ्यमन्त्री भए । 

त्यस्तै महोत्तरी क्षेत्र नं १ को क मा शारदादेवी थापा र ख मा भरत साह निर्वाचित हुनुभएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ