arrow

भैरहवामा देखाए कुलमानले आफ्नो कमजोरी 

logo
प्रकाशित २०७४ माघ ३ बुधबार
kulman_office.jpg

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कारण नै सरकारको आर्थिक क्षेत्रको नमूना प्रोजेक्ट असफलताको मुखमा पुगेकाे छ । सरकारले उद्योग व्यवसायीहरुलाई विशेष सुविधा दिने उद्देश्यले ५ वर्ष अघि सुरु गरेको विशेष आर्थिक क्षेत्रको अवधारणा २ वर्षदेखि विजुलीकै कारण रोकिएको छ । 

यसरी सरकारको पटकपटकको निर्देशन अनुरुप काम गर्न नसकेको विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कूलमान घिसिङको क्षमता माथि समेत आशंका गर्न थालिएको छ । मुलुकको प्राथमिकतामा रहेको क्षेत्रमा समेत प्राधिकरणले २ वर्षसम्म लाईन समेत जोड्न नसक्नुले के कारणले प्राधिकरण पन्छिन खोजी रहेको छ भन्ने विषयमा समेत आशंका उब्जिएको छ । 

सरकारले अन्य १८ स्थानमा बनाउँदै गरेको विशेष आर्थिक क्षेत्र मध्ये २ वर्ष अघि नै सबै संरचनाहरु तयार भईसकेको भैरहवामा प्राधिकरणले सरकारको पटकपटकको निर्देशन समेत पालना नगर्दा अहिले सो क्षेत्रका कूल १९ उद्योगीहरु हात बाँधेर बस्न बाध्य भएका छन् । 

सेज प्राधिकरणका अनुसार अहिले उद्योगीहरुबाट ७ हजार ४ सय ३० केभिए विद्युतको माग छ । सो माग अनुसार सबैभन्दा धेरै किरण सुज म्यानुफ्याक्चरले १ दशमलव ५ मेगावाट विद्युत माग गरेको छ । तर, अहिलेसम्म सो क्षेत्रमा विद्युत लैजानको लागि पोल गाड्ने काम पनि नभएको सेजका सूचना अधिकारी सुन्दर थापाले जानकारी दिए । 

नेपाल विद्युत प्राधिकरणले भने बत्ति लैजाने काम भटाभट चलिरहेको जनाएको छ । ४ महिना अघि बसेको राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकको निर्णय अनुरुप कात्तिक भित्रै विद्युत पुर्याउनुपर्ने भनिएको भएपनि अहिलेसम्म पनि प्राधिकरणले बत्ति पुर्याउन नसकेको हो । यस विषयमा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कूलमान घिसिङले विद्युत पुर्याउने काम दू्रत गतिमा चलिरहेको भन्दै अबको केही समयमा नै त्यहाँ विद्युत लाईन जोडिने जानकारी दिए ।

सिद्धार्थ पेट प्लास्ट इन्डस्ट्रिज प्रालिका निर्देशक महेन्द्र रावल सरकारले व्यवसायीलाई सुविधा दिनको लागि खोलेको विशेष आर्थिक क्षेत्रमा विद्युतको कारणले नै अहिलेसम्म उत्पादन सुरु गर्न नसकेको जानकारी दिए । उनका अनुसार प्रालिले झण्डै ३ वर्ष अघि भैरहवामा रहेको विशेष आर्थिक क्षेत्रभित्र उद्योग सञ्चालनको लागि ५ वटा प्लटमा ११ हजार सात सय ८२ वर्ग मिटर क्षेत्रफल भाडामा लिनको लागि सम्झौता गरेको थियो । सो उद्योगले आफ्नो दुईवटा उद्योगको लागि कूल १४ सय ५० केभिए विद्युत आवश्यक पर्ने उल्लेख गरेको छ । 

त्यस्तै, चेतनशील बहुद्देश्यीय कृषि प्रा. लि.ले पनि सेजमा जग्गाको लागि सम्झौता गरेको एक वर्ष भयो । प्लट नं ३ र ४ को ५ हजार ३ सय १६ वर्ग मिटर क्षेत्रफलमा उद्योग सञ्चालनको लागि २ सय केभि विद्युत क्षमताको माग गरेको थियो । तर, बत्तिकै कारण अहिलेसम्म पनि सो कम्पनीले आफ्नो काम सुरु गर्न नसकेको कम्पनीका सञ्चालक भूमिनन्द ढकालले जानकारी दिए ।

प्राधिकरणका सूचना अधिकारी सुन्दर थापाले २ वर्षदेखि सेज क्षेत्रमा विद्युतकै कारण काम रोकिएको प्रतिक्रिया दिए । अहिले सरकारले भैरहवा बाहेक पनि अन्य १८ ठाउँमा भटाभट काम चलिरहेको छ । सिराहा, गोर्खा, रौतहट, कपिलबस्तु, कैलाली तालवन, कैलाली धनगढी, मोरङ विराटनगर, जुम्ला, धनुषा, नेपालगञ्ज, नुवाकोट, पाँचखाल, सीमारा, झापा, चितवन, दाङ र सप्तरीमा सरकारले विशेष आर्थिक क्षेत्रको लागि द्रूत गतिमा काम चलिरहेको प्राधिकरणले जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ