arrow

 धनकुटामा प्रदेश राजधानीको आक्रोशः अनिश्चितकालिन कर्फ्यू आदेश जारी

logo
प्रकाशित २०७४ माघ ४ बिहिबार

धनकुटा। सरकारले प्रदेश नम्बर १ को अस्थायी राजधानी विराटनगरलाई बनाएपछि थप आक्रोश बनेको धनकुटा तनावग्रस्त बनेको छ। स्थिति नियन्त्रण बाहिर गएपछि स्थानीय प्रशासनले अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले बिहान ११ः३० बजेदेखि कर्फ्यू आदेश जारी गरिएको बताए। 

कर्फ्यूपूर्वमा बिहीबारे हाट, पश्चिममा घुमाउने चौतारा, उत्तरमा देब्रेवास, लोकसेवा आयोगको कार्यालयसम्म, दक्षीणमा पातले खोलासम्म लगाइएको छ।स्थिति नियन्त्रणमा लिन सुनसरीबाट थप सुरक्षाकर्मी झिकाइएको जनाइएको छ। धनकुटालाई नै प्रदेश राजधानी बनाउन माग गरेका धनकुटेलीले बिहिबार बिहानैदेखि विभिन्न सरकारी कार्यलयमा तोडफोड गर्नुका साथै क्षेत्रीय प्रशासको कार्यालयमा आगजनी गरेका थिए।

ठाउँठाउँमा प्रदर्शनकारी र प्रहरीबीच झडप र ढुंगा हानाहान भएको छ। झडपका क्रममा एक दर्जन घाइते भएका छन्। सरकारले बुधबार विराटनगरलाई प्रदेश नम्बर १ को अस्थायी राजधानी तोकेको हो। लामो समयदेखि धनकुटामा बन्द, हड्ताल हुँदै आएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ