arrow

तीन साधन ठोक्किए, एकको मृत्यु, तीन घाइते

logo
प्रकाशित २०७४ माघ ५ शुक्रबार
accident-final.jpeg

भक्तपुर । भक्तपुरको सिर्जनानगरमा बिहिबार राति भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । 

सूर्यविनायक नगरपालिका–५ सिर्जनानगरमा काठमाडौँबाट सूर्यविनायकतर्फ आउँदै गरेको बा २ ज २०४१ नं को ट्याक्सीलाई सोही दिशाबाट आउँदै गरेको बा ४४ प ५१५२ नं को मोटरसाइकलले पछाडिबाट ठक्कर दिएलगत्तै काठमाडौँबाटै आएको अर्को बा ८५ प ७०४६ नं को मोटरसाइकल समेत ठक्कर खाई दुर्घटना हुँदा बा ४४ प ५१५२ नं को मोटरसाइकल चालक दोलखा भीमेश्वर नगरपालिका–१३ बस्ने ३५ वर्षीय रोशनकुमार बस्नेतको मृत्यु भएको छ । 

दुवै मोटरसाइकलमा सवार चार जना घाइते भई भक्तपुर अस्पतालमा उपचारको क्रममा बस्नेतको मृत्यु भएको महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए । 

बा ४४ प ५१५२ नं को मोटरसाइकलमा सवार काभ्रे कोशीपारि–८ बस्ने २४ वर्षीय केदार खनाल, बा ८५ प ७०४६ नं को मोटरसाइकल चालक दोलखा सैलुङ–१ बस्ने २० वर्षीय मनोज योञ्जन र सोही मोटरसाइकलमा रामेछाप निगालपानी–३ बस्ने १९ वर्षीय धावा मोक्तानको भने भक्तपुर अस्पतालमा उपचार भइरहेको छ । 

ट्याक्सी चालक धनकुटा मुगा–५ घर भई हाल काठमाडौँ बानेश्वर बस्ने ४० वर्षीय गंगाबहादुर थापासहित ट्याक्सी र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको प्रसाईंले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ