arrow

शंकर पोखरेलले कोमल वलीको कथासँग जोडे विनोद चौधरीको कथा, कार्यकर्ता हेरेको हेर्‍यै !

विनोद चौधरी जानु भो, अहिले मारवाडी समुदाय वामपन्थी आन्दोलनबाट टाढा छ

logo
प्रकाशित २०७४ माघ ११ बिहिबार
sankar_pokharel.JPG

काठमाडौँ । एमाले स्थायी समिति सदस्य एवं प्रदेश ५ को मूख्यमन्त्रीका दावेदार शंकर पोखरेलले कोमल वलीलाई राष्ट्रिय सभा सदस्य बनाएको विषयलाई पार्टीभित्रै अतिरञ्जित गर्न नुहने बताएका छन् ।

प्रदेश –५ अनेरास्ववियु प्रदेश कमिटीको बैठकमा नेता पोखरेलले भने,  ‘कार्यकर्ताको ठूलो हिस्सा कोमल वलीलाई राष्ट्रिय सभा सदस्य बनाएको भन्दै आलोचनामा उत्रिएको छ । तर, राजनीतिज्ञहरुको विशाल समूह कोमल वलीको बचाउ गर्दै छ, किन ? यसलाई विश्लेषण गर्ने कि नगर्ने ?’

यसलाई पार्टी नेतृत्वको कमजोरी भन्ने ? प्रतिप्रश्न गर्दै उनले भने, ‘कतिपय साथीहरुले एउटा पूजा गर्ने पूजारी पार्टीको मान्छेलाई ल्याएर सांसद बनाईयो । पार्टीमा योगदान गरेकालाई पाखा लगाइयो ।’ यो के हो ? कस्तो विचलन हो, कार्यकर्तातर्फ इंकित गर्दै उनले सोधे ?

हामीले जनवादी कलाकारहरुको साथ लिएर आन्दोलन गरेका हौँ, उनले भने, ‘आज एउटा गीत गाउने कलाकारलाई ल्याएर सांसद बनाईयो भन्नु हुन्छ भने, हामीलाई भाषण गर्ने कलाकार पनि चाहियो कि चाहिएन ? हिजो कोमललाई काठमाडौंमा भाषण गर्न बोलाइएन कि, प्रचण्डलाई जिताउन चितवमा भाषण गराइएन कि, झापामा ओली र राजेन्द्र लिङदेनलाई जिताउन भाषण गराइए न कि ? के गरिएन । चुनावमा जनताकाबीचमा उभ्याएर भाषण गर्न किन लगाईयो ?’ यो अर्को राजनीति हो । कुनै दलको मान्छे आयो भने उसलाई जस्ताको त्यस्तै राख्ने भन्ने होइन, उनले अगाडि भने, ‘त्यसलाई परिमार्जन गर्ने हो । हाम्रो कम्युनिष्ट आन्दोलनमा ढाल्ने हो । समायोजन गर्ने हो । अहिले भएको पनि त्यही हो । यहाँ पहाड नै खसेको जस्तो कुरा आयो ।’ अहिले बहुमत आएर पनि सत्ता हातमा आयो त ? उनले प्रश्न गरे । माओवादीलाई नलिई अहिले पनि दुई तिहाई पुग्दैन, उनले भनेका छन्, ‘सत्ता सजिलै हातमा आउँदो रहेनछ भन्ने कुरा अनुभव गर्‍यौँ नि हामीले । बहुमत त्यसै आउँछ ?’

अहिले बहुमतमा छु भन्न माओवादीसँग मिल्नुपर्छ, संविधान संशोधन गर्न हामीसँग कुरा नमिल्नेसँग मिल्नुपर्छ, पोखरेलले यत्तिभन्दा हाँसोको फोहरा छुट्यो । कोमलको बचाउका लागि उनले उद्योगी विनोद चौधको कथा पनि जोड्न भ्याए । उनले भने, ‘हिजो विनोद चौधरीलाई सांसद बनाइयो । कारण वामपन्थी आन्दोलनमा उद्योगीहरुको पनि हात थियो । पछि उहाँ जानु भयो । त्यो नेतृत्वको कमजोरी हो र ? त्यो त उहाँको कमजोरी हो । उहाँले सोचेको समाजवादी आन्दोलनबाट भाग्नु भयो ।’ तर, सत्य के हो भने, मारवाडी समुदाय वामपन्थी आन्दोलन भन्दा टाढा र बाहिर छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ