arrow

निहीरा बनिन् ललितपुरकाे नयाँ कुमारी

logo
प्रकाशित २०७४ माघ २२ सोमबार
kumari_lalitpur.JPG

काठमाडाै । चार प्रतिष्पर्धीलाई पछि पार्दै, ललितपुर चाकुपाट बस्ने ५ वर्षीया निहीरा बज्राचार्य ललितपुर पाटनको नयाँ कुमारी बनेकी छन् ।

चाकुपाट बस्ने मोहिनी बज्राचार्य र निरजरत्न बज्राचार्यका ५ वर्षीया छोरी निहीरा बज्राचार्यलाई नयाँ कुमारी छनोट गरिएको हो ।

तलितपुर तलेजु मन्दिरका मूल पुजारी अनन्त ज्वालानन्द राजोपाध्याय र उनकी श्रीमती पूर्णभद्रा देवी राजोपाध्यायले प्रतिष्पर्धामा ल्याइएका ५ बालिकामध्ये निहीरालाई छनाेट गरेका हुन् ।

रत्नाकर महाविहारसँग आबद्ध र कुमारी बन्न इच्छुकहरुलाई चिना सहित नाम दिन भनिएको थियो ।

नयाँ कुमारीका लागि १० जनाले चिना दिएका थिए । साेमबार बोलाइएको छनौट प्रक्रियामा भने ५ जना मात्रै सहभागी भएका थिए ।

चिना सहित ३ वर्षकी निबिना बज्राचार्य ३ वर्षकी सुरभी बज्राचार्य ३ वर्षकी नितिषा र ४ वर्षकी सोहना बज्राचार्यलाई हाजिर गराइएको थियो । ललितपुर पाटनमा बज्राचार्य कूलका कन्या कुमारी बनाउने चलन छ ।

छनाेट भएकी कुमारीलाई आउने ५ गतेदेखि कुमारी घरमा लगेर राखिने तलेजु पुजारी समितिका सहसचिव संजय शर्मा राजोपाध्यायले जानकारी दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ