arrow

पत्रकार अनिता विन्दुलाई स्याङ्जामा सम्मान

महोत्सवको दोस्रो दिन दर्शकको भिड

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७४ माघ २७ शनिबार
anita-bindu.JPG

स्याङ्जा ।  पाँचौ स्याङ्जा महोत्सव २०७४ शुक्रवार उदघाटन भएसँगै शुरु भएको छ । जिल्ला उद्योग वाणिज्य संघले हरेक २ बर्षमा आयोजना गर्दै आएको महोत्सवमा पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएको पत्रकार अनिता विन्दुलाई सम्मान गरिएको छ ।

नेपाल टेलिभिजनमा बरिष्ठ समाचार सम्पादकको रुपमा काम गर्दै आएकी अनिताले करिव दुई दशक पत्रकारिता जिवन व्याथित गरेकी छन् । नेपाल पत्रकार महासंघ केन्द्रिय पुर्व उपाध्यक्ष समेत रहेकी अनिताको जन्म थलो स्याङ्जा हो ।

बुवाको नाममा शिक्षा र पत्रकारिताको क्षेत्रका लागि समेत अक्षयकोष खडा गरेकी छन् । पत्रकारिताको माध्यमबाट स्याङ्जालाई चिनाउन महत्वपूर्ण भुमिका खेलेको भन्दै पाँचौ स्याङ्जा महोत्सवमा दोसल्ला र प्रमाणपत्रले नेपाल सरकारका उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठले सम्मान गरेका हुन् । सम्मान पछि अनिता विन्दुले उद्योग वाणिज्य संघले गरेको सम्मानले आफुलाई अझै जिम्मेवारी बढेको बताईन् ।

आयोजकले कृषि, साहित्य, शिक्षा क्षेत्रमा रहेर विशिष्ट योगदान पुर्‍याउने एक दर्जन व्याक्तिलाई सम्मान गरेको छ । कृषिबाट बोधराज अर्याल, कलाकारबाट रामजी खाँण, उत्कृष्ट उद्योगबाट खिलुङ् कालिका एग्रो फार्म, शिक्षा क्षेत्रबाट महेन्द्र रेग्मी, साहित्य क्षेत्रबाट देवीप्रसाद बनवासी, निजामति कर्मचारीबाट जयराम पौडेल, स्थानीयतहको कर्मचारीबाट शिवजी पौडेल, उत्कृष्ट व्यवसायीबाट राधेश्यम अग्रहरी, वित्तिय क्षेबाट गरिमा विकास बैंकका प्रमुख कार्यकारी गोविन्द ढकाल, जेष्ठ नागरिक तथा समाजसेवीबाट भोलानाथ लम्साल, खेलाडीबाट मुक्त राना, पुर्व अध्यक्षबाट सु.कृष्णमान श्रेष्ठलाई सम्मान गरिएको महोत्सवका संयोजक विक्रान्त कुमार श्रेष्ठले बताए ।

महोत्सवको दोस्रोदिन दर्शकहरुको घुईचो लागेको बताइएको छ । राष्ट्रिय स्तरका कलाकारहरुबाट बेजोड प्रस्तुति रहेको र शनिवार पनि भएकाले दर्शकहरुको घुईचो लागेको आयोजकको भनाई छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ