arrow

विद्यावारिधी अध्ययनको धोको अधुरै छोडेर गए उपप्राध्यापक तारा थापा

logo
प्रकाशित २०७४ फागुन २ बुधबार
tara-thapa.jpg

काठमाडौं। ठाकुरराम बहुमुखी क्याम्पस विरगञ्जमा उप प्राध्यापक रहि लामो समय अध्यापन गराउँदै आएका तारा थापाको बुधवार राती हृदयघातका कारण निधन भएको छ। 

लामो समय ठाकुरराम क्याम्पसमा अध्यापन गराएका थापा केहि समय अघी मात्र विद्यावारिधी गर्ने उद्धेश्यका साथ काठमाडौंमै सरुवा मिलाइ आएका थिए। 

विद्यावारिधी गर्ने उनको यति धोको थियो की उनले त्यसलाई आफ्नो लक्ष्य नै बनाएका थिए। त्रिभुवन विश्वविद्यालयले विद्यावारिधी अध्ययन अघी लिने परिक्षामा उनी उतीर्ण भएपछि उनी अध्ययनको तयारीमा लागेका थिए। 

विरगञ्जबाट काठमाडौं आएपछि त्रिविको गेष्ट हाउस किर्तीपुरमा रहँदै आएका थापा काठमाडौंमा स्थायि रुपमा बस्ने तयारीमा थिए। काठमाडौंमा बस्ने बन्दोबस्ती भएपछि गेष्ट हाउसबाट सर्ने योजनामा रहेका उनले बुधवार साँझ अचानक गाह्रो भएको महशुस गरि आफ्ना साथीलाई बोलाएका थिए। रामेछापका स्थायि वासिन्दा थापा बिरगञ्ज जानु अघी काठमाडौंमा विद्यार्थी राजनीति र अध्यापनमा पनि संलग्न थिए। 

रामेछापकै काँग्रेस नेता रत्न कार्कीले दिएको जानकारी अनुसार साथीलाई बोलाएर आफूलाई गाह्रो भएको र शरीर पनि चीसो भएको भन्दै अस्पताल लैजान भनेका थिए। उनले अस्पताल लैजान भनेपछि ट्याक्सी बोलाएर बल्खुस्थित वयोधा अस्पताल पुर्याएको केहि मिनेटमै अस्पतालका डाक्टरले उनको मृत्युको घोषणा गरेका थिए। डाक्टरहरुले उनलाई हृदयघात भएको बताएका थिए। 

नेविसंघ रामेछापको पूर्व अध्यक्ष समेत रहेका थापा रामेछापकै बौद्धिक व्यक्तित्वको रुपमा चिनिन्थे। उनको निधनले रामेछाप सहित समग्र देशलाई नै घाटा लागेको प्राध्यापकहरु तथा विद्यार्थी नेताहरुले बताएका छन्। 

हाम्राकुरा डटकमका सदा हित चिताउने प्रिय मित्र तारा थापाप्रति हाम्राकुरा डटकमको तर्फबाट शब्दश्रद्धा। 

Image may contain: 1 person



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ