arrow

नेपालको पहिलो खेल जिम्बावेसँग

logo
प्रकाशित २०७४ फागुन ४ शुक्रबार

काठमाडौं । एक दिवसीय विश्वककप क्रिकेट छनोटको पहिलो खेलमा नेपालले जिम्बावेसँग खेल्ने भएको छ । फागुन २० गतेदेखि जिम्बावेमा शुरु हुने विश्वकप छनोटमा नेपाल समूह बीमा परेको छ ।

 नेपाल परेको समूहमा जिम्बावेसँगै अफगानिस्तान, स्कटल्याण्ड र हङकङ छन् । आईसीसीले आज सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले जिम्बावेसँग फागुन २०  मा,  स्कटल्यान्डसँग २४ मा, फगानिस्तानसँग २६ र हङकङसँग २८ फागुनमा खेल्नेछ ।

 डिभिजन टू को विजेता युएई समूह ए मा परेको छ । यो समूहमा वेस्ट इण्डिज, आयरल्याण्ड, पपुवा न्युगिनी र नेदरल्यान्डस् छन् । दुबै समूहबाट उत्कृष्ट तीन टोली सुपर सिक्समा पुग्नेछन् । छनोटबाट उत्कृष्ट हुने दुई टोली २०१९ मा इंग्ल्यान्डमा आयोजना हुने एक दिवसीय विश्वकप खेल्नेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ