arrow

सांसद् नभएपछि संसद् बैठक स्थगित : महत्वपूर्ण प्रस्ताव अलपत्र

logo
प्रकाशित २०७४ फागुन ९ बुधबार
pradesh-3-baithak.jpg

सुर्खेत ।  प्रदेश नं ६ को आज बस्ने प्रदेशसभा बैठक सूचना टाँस गरी स्थगन भएको छ । प्रदेशसभाको चौथो बैठक यही फागुन १२ गते अपराह्न १ बजेसम्मका लागि स्थगन भएको प्रदेशसभा सचिवालयले जनाएको छ । अधिकांश प्रदेशसभा सदस्य सुर्खेत बाहिर भएका कारण बैठक स्थगन गरिएको हो । 

बैठकमा महत्वपूर्ण प्रस्तावमाथि छलफल गर्नुपर्ने भएको हुँदा अधिकांश प्रदेशसभा सदस्य सुर्खेत बाहिर भएका कारण बैठक स्थगन गर्नुपरेको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए । बैठकमा प्रदेशको राजधानी र प्रदेशको नामाकरणबारे छलफल गर्ने कार्यसूची थियो । 

मस्यौदाको समितिको संयोजकमा नेपाली 

प्रदेशसभा संसदीय मस्यौदा समितिको बैठकले प्रदेशसभा सदस्य सीता नेपालीलाई समितिको संयोजक चयन गरेको छ ।

समितिका ज्येष्ठ सदस्य यज्ञवहादुर बिसीको अध्यक्षतामा बसेको समितिको बैठकले मस्यौदा समितिको संयोजकमा नेपालीलाई चयन गरेको समितिका सदस्य धर्मराज रेग्मीले जानकारी दिए।

मस्यौदा समितिले प्रदेशसभाको नियमावली आगामी १५ दिनभित्र निमार्ण गरी सभामा पेश गर्ने कार्ययोजना रहेको सदस्य रेग्मीले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ