arrow

मुख्यमन्त्री पोखरेलको नियुक्तिमा बुटवल र लुम्बिनीलाई निषेध

logo
प्रदीप आचार्य,
प्रकाशित २०७४ फागुन २० आइतबार
pokhrel1.jpg

बुटवल । प्रदेश ५ सरकारको मुख्यमन्त्री शंकर पोखरेल हुन् । उनी दाङका बासिन्दा हुन् । शुरुदेखि नै दाङलाई प्रशासनिक राजधानी, बुटवल र नेपालगञ्जलाई औद्योगिक नगर बनाउने भन्दै आएका पोखरेल बुटवललाई देउवा सरकारले राजधानी तोकेपछि तनाबमा छन् ।

जसका प्रतिक्रिया स्वरुप उनले सरकारका अधिकांश नियुक्तिमा बुटवल र लुम्बिनी क्षेत्रलाई निषेध गर्न थालेका छन् । प्रदेश सभामा सभामुख माओवादीको भागमा पर्‍यो । यसमा शंकर पोखरेल र माओवादी नेता वर्षमान पुनको सल्लाहमा लुम्बिनी क्षेत्रका सांसद्को कुरा वेवास्ता गर्दै रोल्पाका पूर्णबहादुर घर्ती सभामुख बने । सभामुखमा रुपन्देहीका माधव शर्मा र गुल्मीका सुदर्शन बराल पनि दाबेदार थिए ।  

उपसभामुख एमालेको भागमा पर्‍यो । एमालेले बर्दियाकी कृष्णी थारुलाई उपसभामुख बनायो । यस्तै मन्त्रिपरिषद् विस्तारमा पनि शंकर पोखरेल र वर्षमान पुनले क्षेत्रीयता देखाए । माओवादीले रोल्पाकै कुलप्रसाद केसीलाई आन्तरिक मामिला तथा कानुन मन्त्री बनायो ।

एमालेबाट लामो कसरतपछि नवलपरासीका वैजनाथ चौधरी भौतिक पूर्वाधार मन्त्री बने । उनलाई प्रवक्ता बनाएपनि उनीसँग खास खास विषयबारे जानकारी नै दिइएको छैन ।
 
प्रदेशको मुख्य न्यायाधिवक्ता पनि दाङबाटै बन्दैछन् । दाङका ठाकुर डिसी मुख्य न्यायाधिवक्ता बन्दैछन् । नियुक्ति भइसकेको बधाई सहित दाङका एमाले नेताहरुले नै प्रचार गर्न थालेका छन् । तर यसको जानकारी प्रवक्तालाई छैन । एमालेबाट मन्त्री बनेका चौधरी भन्छन्–‘मलाई जानकारी छैन, मुख्यमन्त्रीज्यूले केही गर्नुभएको होला ।’

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ