arrow

सुशील कोइरालाले नस्वीकारेको प्रस्ताव ओलीले स्वीकारेपछि 

logo
प्रकाशित २०७४ फागुन २३ बुधबार
oli-abbasi.png

काठमाडौ‌ं। तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले नस्वीकारेको प्रस्ताव हालका प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीकारेपछि पाकिस्तानी प्रधानमन्त्री साहिद खाकान अब्बासीलाई नेपाल आउन सहज भएको खुलेको छ। भारतले राजकीय सम्मान सहित भारत भ्रमणको निम्तो नदिएको मौका छोपेर चीनले आफ्नो निकट छिमेकी पाकिस्तानका प्रधानमन्त्रीलाई नेपाल पठाउन चाहन्थ्यो। 

कोइरालाले सार्क शिखर सम्मेलन हुनै लागेका अव्स्थामा तत्कालै कुनै विशेष योजना नभएकाले पाकिस्तानी प्रधानमन्त्रीको नेपाल भ्रमणबारे महत्व दिएका थिएनन्। त्यसो त कोइराला भारत नगए पनि तत्कालीन प्रधानमन्त्री नरेन्द्र मोदीलाई दुई दुई पटक नेपाल निम्त्याउन भने सफल भएका थिए।नेपालको प्रधानमन्त्री हुँदा साथ भारत जाने ' परम्परा ' लाई उनले ध्यान दिएनन् । सम्बन्ध सम्मान खान गएरमात्र बन्ने हैन भन्दै कोइरालाले आन्तरिक मामिला सुदृढ बनाउन खोजेका थिए। 

त्यसैगरी सार्क राष्ट्रको अध्यक्षता ग्रहण गरिरहेकाले उनले भारत र पाकिस्तानलाई पनि सोही बैठकका क्रममा मिलाउन खोजेका थिए। उनी केही हदसम्म सफल पनि भए। कोइराला छिमेकी सम्बन्धप्रति सतर्क थिए। उनी कसैको नजिक र कसैको टाढा हुन चाहँदैन थिए। पाकिस्तानी प्रधानमन्त्री साहिद खाकान अब्बासी यसपटक आए। त्यो पनि चीनको सन्देश बोकेर। उनी नेपाल आउन चाहे। हालका प्रधानमन्त्री केपी शर्मा ओलीले सहजै लिए। ओली र पाकिस्तानी प्रधानमन्त्रीको केमेष्टि मिल्यो। 

तर दुर्भाग्य उनले कम्युनिष्ट बाहेकका नेतालाई भेटेनन्। प्रमुख प्रतिपक्षी दलका नेतालाई पनि नभेट्नु आफैमा विरोधाभाष हो। भोजमा भेटेका काँग्रेस नेता विजय गच्छेदारसँग उनले केहि समय कुराकानी गरे तर त्यो औपचारिक थिएन। राजकीय सम्मान खाएको प्रधानमन्त्रीले सीमितमात्र भेट गर्नुले भोलिका दिनमा अवश्य राम्रो सन्देश दिँदैन। त्यसलाई न त प्रमुख प्रतिपक्षी काँग्रेस कुनै गम्भीर किसिमले लियो न त यसलाई विषय नै बनाउने छ।  तर राजनीतिक मर्यादा कायम नगरी फर्किए अब्बासी। 

खास किन आए अब्बासी ? 
भन्नेहरुले अब्बासी सार्क सम्मेलनका बारेमा निर्णय लिन उनी आएका हुन्। अबको अध्यक्षता पाकिस्तानले गर्दै गर्दा धेरैकुराको आदानप्रदान नेपाल र पाकिस्तानबीच हुन बाँकी छ। तर उच्च स्रोत भने अब्बासी सार्कको बहानामा चिनियाँ सन्देश बोकेर आएका हुन्। उनले नेपालमा आएर चीनको विशेष परियोजना बेल्ट एन्ड रोड इनिसियटिभ (बिआरआई) मार्फत नेपालले फाइदा लिनुपर्ने सल्लाह दिएर गए। 

अब्बासी झण्डै २० घण्टा नेपाली भूमिमा बसे। दुई दिन बसे । कम्युनिष्ट नेतालाई भेटेर गए । उद्धेश्य एउटै थियो –बिआरआई। उनले नेपालका लागि बिआरआई महत्वपूर्ण हुने बताए। उनले सार्कलाई पनि बिआरआईसंग जोड्नु उपयुक्त हुने बताए। उनले नेपाललाई आफूजस्तो बनाउन खोजे। उनले पाकिस्तानले चीनबाट लिएजस्तो फाइदा उठाउन नेपालले पनि सक्ने आकर्षक बाक्यहरु कम्युनिष्ट नेताहरुलाई बाँडेर गए। यसबाट स्पष्टै भयो कि उनी चिनियाँ दूत बनेरै आएका थिए। 

उनले बिआरआईका विषयमा नेपाल–पाकिस्तान द्विपक्षीय वार्तामा समेत खुलेर ओलीसंग कुरा राखेका थिए। नेपाललाई यसको भरपूर फाइदा उठाउन सुझाएर गए। त्यसो त नेपाल र पाकिस्तानबीच पनि व्यापारिक सम्बन्ध हुन सक्छ। यो सकारात्मक हो। कुनै पनि राष्ट्रसंग सम्बन्ध जोड्नु राम्रो पक्ष हो। तर यसलाई कत्तिको सदूपयोग गर्न सकिन्छ भन्ने हो। अर्कातर्फ पाँच वर्षे सत्ता सञ्चालनको लाइसेन्स पाएका केपी ओलीको नीति महत्वपूर्ण हुन्छ। तर उनले छिमेकी मुलुकहरुसंग सन्तुलन मिलाउन सकेनन् र तेस्रो मुलुकले खेल्ने अवसर पायो भने पक्कै आत्मघाती कदम हुनेछ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ