arrow

सपथका लागि कुरा क्लियर कट् : राष्ट्रपति कार्यालयले भन्यो–पराजुलीबाटै सपथ 

logo
प्रकाशित २०७४ फागुन ३० बुधबार
Bidhya-Devi-Bhandari.jpg.jpeg

काठमाडौं । प्रधानन्यायाधीश गोपाल पराजुलीमाथि वैधताको प्रश्न उठेकाले राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ कार्यकालका लागि कोबाट सपथ लिने होला भनेर आएका शंका उपशंका राष्ट्रपति कार्यालयले मेटाइदिएको छ ।

दोश्रो कार्यकालका लागि मंगलबार राष्ट्रपतिमा निर्वाचित भण्डारीको सपथ बुधबार अपरान्ह ४ बजेका लागि तोकिएको छ । सपथका लागि राष्ट्रपति कार्यालयले सबै तयारी पुरा गर्दै बोलाउनुपर्ने सबैलाई सपथ ग्रहण समारोहका लागि निम्ता गरिसकेको छ ।

नेपालको संविधान २०७२ को धारा ७१ मा राष्ट्रपति र उपराष्ट्रपतिको सपथ सम्बन्धी व्यवस्था छ ।

धारा ७१ मा लेखिएको छ ‘राष्ट्रपति र उपराष्ट्रपतिको शपथः राष्ट्रपति र उपराष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नुअघि संघीय कानून बमोजिम राष्ट्रपतिले प्रधानन्यायाधीश समक्ष र उपराष्ट्रपतिले राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ लिनु पर्नेछ ।’ 

तर प्रधानन्यायाधीश गोपाल पराजुलीमाथि ‘वैधानिकताको’ प्रश्न उठेको भन्दै राष्ट्रपतिको सपथ समेत अन्यौलमा परेको तर्क वितर्क उठिरहँदा, राष्ट्रपति कार्यालयले यसमा कुनै समस्या, अन्यौल र विवाद नरहेको प्रष्ट पारेको छ । 

राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारले भने ‘राष्ट्रपतिले संविधान अनुसार सपथ खाने हो । संबिधान अनुसार उहाँले प्रधानन्यायाधीशबाट सपथ लिने हो ।’

उनले भने, ‘अहिले मुलुकको प्रधानन्यायाधीशको कुर्सीमा गोपाल प्रसाद पराजुली बाहेक अरु छन् ? छैनन् । त्यसैले वुधबार तोकिएकै समयमा राष्ट्रपति भण्डारीले दोश्रो कार्यकालका लागि प्रधानन्यायाधीश गोपाल पराजुलीबाटै सपथ लिनुहुन्छ । यसमा कुनै द्विविधा सुविधा छैन, कुरा क्लियर कट् छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ