arrow

तेस्रो पटक मन्त्रिपरिषद् विस्तार हुँदै, मन्त्रालयको संख्या २१ पुग्ने

logo
प्रकाशित २०७४ चैत २ शुक्रबार
oli_cabinet.JPG

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार मन्त्रिपरिषद्लाई पूर्णता दिँदै छन् । प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालले शुक्रवार बाँकी सबै मन्त्री तोकिने जानकारी दिए । राष्ट्रपति कार्यालयले शुक्रवार अपरान्ह् ४ बजेका लागि शपथ ग्रहणको कार्यक्रम तय गरेको छ ।

सरकारलाई समर्थन गर्ने दलहरुलाई समेटेर मन्त्रिपरिषद् विस्तारको तयारी भएको हो । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र संघीय समाजवादी फोरम नेपालबाट मन्त्रीहरु थप गरी सरकारलाई पूर्णता दिन लागिएको बताइएको छ ।

प्रधानमन्त्री ओलीले सरकारलाई पूर्णता दिनेबारेमा बिहीबार केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग परामर्श गरेका थिए ।  गत फागुन ३ मा ओली प्रधानमन्त्री नियुक्त भई सोही दिन पहिलो र फागुन १४ मा दोस्रो चरणको मन्त्रिपरिषद् विस्तार गरेका थिए । फोरम सरकारमा आउने भएपछि मन्त्रालयको संख्या बढाएर २१ सम्म बनाउने तयारी छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ