arrow

स्वराजले ज्ञवालीलाई टेलिफोन गरेर भारत बाेलाइन्

logo
प्रकाशित २०७४ चैत ४ आइतबार
susma-pradeep.jpg

काठमाडौं । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले आफ्ना समकक्षी एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई टेलिफोन गरेर बधाई दिएकी छन् । स्वराजले परराष्ट्रमन्त्री ज्ञवालीलाई भारत भ्रमणको निम्तो समेत दिएकी छन् ।

टोलिफोन कुराकानीमा उनले ज्ञवालीको कार्यकालमा नेपाल भारतको सम्बन्ध अझ बलियो हुने विश्वास लिएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

मन्त्रि नियुक्त भएको भोलिपल्ट परराष्ट्रमन्त्री ज्ञवालीले भारत र चीनबाट उच्चस्तरीय भ्रमण हुने बताएका थिए । उनले प्रधानमन्त्री केपी ओलीको विदेश भ्रमण भारतबाटै सुरु हुने समेत बताएका थिए । उनका अनुसार पहिले भारतीय प्रधानमन्त्री नै नेपाल भ्रमणमा आउनेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ