arrow

'आईजीपी दाबेदार' खरेल भन्थे : गल्ती गर्नेलाई जिउँदै गाड्छु

कठालो समातेर सीधै उचाल्थे

logo
प्रकाशित २०७४ चैत २१ बुधबार
kharel.JPG

काठमाडौं । २०७०/०७१ सालरितको कुरा हो । उनी काठमाडौं हनुमान ढोका परिसर (प्रहरीको कोड भाषामा किलो वन) का प्रमुख थिए । प्रहरीका नयाँ भर्ती युवाहरु त्यो बेलाका एसएसपी रमेश खरेललाई सम्झिँदा अहिले रोमान्चित र नोष्टाल्जिक बन्छन्, झस्किन्छन् पनि । कसैले गल्ती गरिहाल्यो भने खरेलको चर्काे कार्वाहीमा परिहाल्ने ।

गल्तीत फिटिक्कै सहन नसक्ने ।  त्यो बेलाका एकजना जवान सानो एउटा घटना सम्झन्छन् : न्यूरोडको जुद्ध सालिक क्षेत्रबाट हनुमान ढोकातिर जाने बाटोमा साङ्लो लगाएको हुन्थ्यो । युनिफर्ममै थिए, त्यहाँ ड्युटीमा खटिने । खरेल सर पुग्नुभयो । के दशा लागेको रैछ तिनलाई टाइममै साङ्लो खोलेका रहेनछन् ।

खरेल सरको पारो चढिहाल्यो । सक्कि गो नि  ड्युटीमा यस्तो लापार्वाही गर्ने ? भन्दै घाँटी समातेर जुरुक्कै । हैट, धन्न हामी परिएन त्यस्तो कार्वाहीमा । उनलाई अहिले पनि डीआईजी खरेलको अगाडी पर्न नपरे हुन्थ्यो भन्ने लाग्छ । अर्को कुरा उनको पर्सनालिटी नै आक्रमक खालको । अनुहार नै कम्प्लेक्स खालको, लम्बू, त्यसमाथि खेलाडी पनि । 

नो कम्प्रमाइज इन ड्यूटी : 
मुख्य कुरा ड्युटीमा खरेल एक रत्ति कम्प्र्रोमाइज नगर्ने । चाहे आफ्नो ड्युटी होस् वा आफु मातहत । आफु ड्युटीमा कटिबद्ध भएर नै उनले मातहतका कर्मचारीलाई काबुमा राख्न सक्थे । बीरगंजमा घुस खाने प्रहरीलाई कार्वाही गर्न उनी भेष बदलेर रिक्सा चलाएको र पोखरामा गुण्डागर्दी बिरुद्ध कार्वाही चलाएको किस्सा प्रहरी युवाहरुले बेला बेला सुन्ने गरेका पनि थिए । 

खरेलसँगकाे विगत सम्झिदै अर्का जवानले भने, केन्द्रबाट फोन आउनसाथ उनी रात साँझ कुनै पनि बेला आफ्नै नीजि गाडी लिएर भए पनि घरबाट निस्किइहाल्ने । शान्तिनगर बस्थे उनी त्यो बेला । उनलाई समयको परवाह नै थिएन । के होला कसो होला मतलबै नगर्ने । डर भनेको त फिटिक्कै नमान्ने नि । ड्यूटीमा लापार्वाही गरेको थाहा पाउना साथ कुटिपनि हाल्ने ।

सजाय दिनलाई कन्जुस्याइँ दयामाया फिटिक्कै नगर्ने । तर उनको कमाण्डिङ खुबी अजिब थियो । दिनभरको ड्यूटी सकेपछि बेलुकी पख ब्रिफिङ हुन्थ्यो । त्यो बेला यस्तरी मोटिभेट गरिदिने कि सजाय नै बिर्सन्थे, केटाहरु । 

भर्ना हुँदा ताका सपथ गराइन्छ प्रहरीमा । भएसम्म आमा बाबुलाई साथैमा राखेर धार्मिक किताबमाथि हात राखेर सपथ÷कसम खुवाइन्छ । त्यही बेलाको सम्झना दिलाइदिन्थे उनी। कूल धर्म सम्झेर ड्यूटी गर बाबु हो भन्थे । देश र जनताको सेवा गर्न सक्छु भनेर आका छौ, सक्तैनौ भने राजीनामा दिएर जाऊ पनि भन्थे । तर गल्ति गर्याै भने जिउँदै गाड्छु, छाड्दिन भन्थे । 

ड्यूटीमा जब्बर तर मनकारी  
कतै कार्यक्रम वा विशेष भोजमा जाँदा आफ्नो सुरक्षा र सवारीमा खटिएका युवाहरुलाई सँगै लिएर जान्थे । उनीसँगै सामेल भएर खाना खाने कुरा भएन । अलग्गै बस्न परिहाल्यो । बाहिर निस्केपछि उनको पहिलो प्रश्न हुन्थ्यो : तिमीहरुले खायौ कि खाएनौ ? यति खाएको छैन भने उनी केटाहरुले नखाएसम्म कुरेरै बस्थे ।

पार्टी भोजमा जाँदा समेत होइन उनी अफिसको मेसको समेत नियमित अनुगमन गर्ने । खाना के कस्तो पायो, मातहतका कर्मचारीले के कस्तो मानेका छन्, सबै बुझ्ने गर्थे । प्राय अफिसरहरु आफ्नो अफिसर्स मेसमै ध्यान दिन्छन् जुनियर मेस को वास्ता गर्दैनन् । उनी शौचालयदेखि खाने पानी र भान्सासम्मको ख्याल गर्थे, जुन उनका जुनियरले मिस गर्ने कुरा पनि हो। 

छविमाथिका केही प्रश्न : 
सुराकीमा आफ्नै श्रीमति राखेको विषयमा प्रश्न उठ्यो । उनले सार्वजनिक रुपमै भने, हो मैले मतिपय सुराकीमा मेरी श्रीमती नै राखेको हुँ, मलाई कानुन सम्मत राखेको हुँ ।  गल्ती गरेको छैन । त्यसपछि प्रश्न सेलायो । 

उनीसँगै काम गरेका युवा सम्झन्छन् : त्यो बेला प्रहरीको सबभन्दा तलको पोष्ट फलोअर्स भन्ने हुन्थ्यो । श्रेणी बिहिन कर्मचारी । एक जना प्लस २ गरेका व्यक्ति। फ्लोअर्सको रुपमा उनले खरेल सरको घरमा चिया खाना पकाउनेदेखि कपडा धुनेसम्म घरको काम गर्थे । खरेल बिहान ढिलोमा ४ बजे उठिसक्थे ।

जगिङ जान्थे, महेन्द्र पुलिस क्लब पुग्थे अभ्यास गर्थे र लन टेनिस खेल्ने गर्थे । उनलाई बिहानको चिया दिन पनि ती युवा बिहान ती साढे ३ मा उठ्नै पथ्र्यो । लामै समय काम गरे । जब खरेल नारायणगढको प्रहरी तालिमा केन्द्रमा सरुवा भए, ती युवाले जवानमा भर्ना हुन त्यहीँबाटै निवेदन हाले । एसएसपीलेको सायद केही फोर्स लाग्न सक्थ्यो । तर पन्तको नाम निस्केन । पन्त बिरक्तिए । जागिरै छाडिदिए । अहिले रोजगारीका लागि विदेश गएका छन् । ती युवा भन्छन् “सरले आफ्नो मान्छे नजिकका मान्छेलाई पनि वास्ता नगरेकोमा चाहिँ खल्लो पनि लाग्छ” ।

विवादमा परे :
भ्रष्टाचार विरोधी दिवस थियो । कार्यक्रममा खरेललाई पनि निम्ता दिइएको थियो । फुर्तीसाथ बोले हाम्रै संगठनका केही अधिकृतहरु भनसुनका लागि ब्रिफकेस बोकेर नेताहरुकोमा धाउँछन्, उनीहरुलाई प्रमोशन नगर्नुस् ।

त्यो बेला उनले भने — “एउटा कुरा मैले भन्दा यसले तरंग लिनसक्छ । तर, म भन्छु–नेपाल प्रहरीहरुको प्रोमोशनको बेला आएको छ । ७ महिनापछि बल्ल गाँठो फुक्यो । माननीय मन्त्रीज्यू, भ्रष्टाचारीलाई प्रोमोशन नदिनुस्। मलाई आशा छ । यति भनेपछि उहाँलाई पुग्छ होला । यति भनेपछि पुग्छ । अहिले डिआईजीहरु बढुवाका लागि सुटकेसहरु बोकेर पावर सेन्टरमा जाने, चाकडी गर्ने, मलाई प्रोमोशन गर्दे अथवा ठेकेदारहरुले पैसा उठाएर फलानोलाई प्रोमोशन गरिदिनुस् भनेर दौडधूप चलेको छ । हजुर कहाँ पनि खुब आयो होला । जो हजुर कहाँ भिजिट गर्छ, ती ‘अपरचुनिष्टहरु’ हुन् । पावर सेन्टरमा जाने प्रहरी कर्मचारी ‘अपरचुनिष्ट’ हुन् । यसले तपाईँलाई मात्रै होइन, हाम्रो नेपाल आमालाई खोक्रो बनाउँछ । कृपया यसमा ध्यान दिनुहोला । नेपाल प्रहरीमा भ्रष्टाचारलाई प्रोमोशन नदिएर इमान्दारलाई प्रोमोशन गरेर उदाहरण सेट गरिदिन अनुरोध गर्दछु।''

यो अभिव्यक्तिले ठूलो विवादमा पार्‍यो उनलाई । मुख्यालयले उनको बोली बन्द गराउन र सेलिब्रिटीको धङधङीबाट मुक्त हुन सचेत समेत गरायो । गृहमन्त्री बामदेव गौतम थिए । अन्तत उनी मुख्यालय हुँदै केन्द्रको जिम्मेवारीबाट भरतपुर तालिम केन्द्र पुग्न पर्रयो । प्रहरी संगठनभित्र यो काण्डलाई “किन खुम्चिस मरिच आफ्नै तेजले” भन्ने थेगो बनेको थियो । 

काभ्रे खरेलथोकका डीआइजी खरेल आइजी बन्ने होडमा छन् । विशेष गरेर प्रहरी अधिकृतहरु तलका पोष्टमा रहँदा चर्चाकै लागि भने पनि ठूलै काम गर्छन् । तर जब माथिल्लो पोष्टमा पुग्छन त्यसपछि उनीहरु संगठनको लागि भन्दा पनि आफ्नो दुनो सोझ्याउन केन्द्र धाउने गरेको जनगुनासो र जुनियर तहका युवाहरुको गुनासो छ ।  खरेल आईजी बने भने उनको अण्डरमा काम गरेका जुनियर युवाको अपेक्षा एउटै छ, “एसएसपी ताकाका खरेल सरले टप अफ द पोष्ट सम्हाले पनि पहिले जस्तै कम्तिमा मातहत कार्यालयका शौचालय, खानेपानी र मेसको पनि ख्याल गरिदिए हुन्थ्यो” । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ