arrow

नामिवियासंगको खेल भारतमा सार्ने आइसीसीको जनाउ , ‘नेपाललाई सकस’

सर्वोच्चमा ११ पटक पेशी चढ्यो

logo
प्रकाशित २०७२ फागुन २१ शुक्रबार
ICC-and-CAN.jpeg.jpeg
काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको व्यवस्थापन विवादले नामिवियासंग घरेलु मैदानमा हुने भनेको  विश्व क्रिकेट लिग च्याम्पियनसिपको खेल भारतमा हुने चर्चा चलेसंगै नेपाली क्रिकेट क्षेत्र आलोचित बनेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीले नेपाल क्रिकेट संघको व्यवस्थापनप्रति शंका जनाउँदै खेल भारतमा खेलाउने जनाउ दिएको चर्चा चुलिएपछि नेपाली क्रिकेटसंग जोडिएकाहरुको टाउको दुखाई सुरु भएको छ । उनीहरुको व्यस्तता समेत बढेको छ ।  
 
नेपाली क्रिकेटसंग सम्बिन्धित संस्था तथा व्यक्तिहरुले आफुहरुलाई आइसीसीले कुनै आधिकारीक जानकारी नदिएको बताएका छन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशब कुमार विष्टले खेल सारेकोबारे कुनै जानकारी नआएको बताए । उनले भने, ‘भरखर क्यान सीइओ भावना घिमिरेसंग कुरा भएको थियो, कुनै जानकारी आएको छैन ।’ पूर्वाधारका कारण भन्ने चर्चा सुनिएकाले पूर्वाधार एक महिना भित्रमा सकिने भन्दै आसीसीलाई अफुले पत्राचार गर्न लागेको सदस्य सचिव विष्टले हाम्राकुरालाई जानकारी दिए । आफुहरुलाई आसीसीले यसअघि समेत सचेत गराएको भन्दै विष्टले पूर्वाधारका कारण खेल रोकिने कुनै कारण नरहेको बताए । क्यानको कार्यसमिति विवादले वैशाख २ र ४ गते नामिवियासंग कीर्तिपुर मैदानमा हुनु पर्ने विश्व क्रिकेट लिग च्याम्पियनसिपको खेल संकटमा परेको हो । 
 
खेल शंकटमै छ, यही कारण हो भन्ने जानकारी छैन : प्याकुर्‍याल
चतुरबहादुर चन्द नेतृत्वको क्यान महासचिव अशोकनाथ प्याकुर्‍यालले आइसीसीले खेल सार्ने आधिकारीक जानकारी नदिएपनि खेल संकटमै रहेको बताए । उनले भने, ‘भारतमा हुने भन्ने कुरा सुन्नमा आएको छ, यही कारण भन्ने केही खुलेको छैन, यसअघि आइसीसीको प्रतिनिधी आउनु भाथ्यो, उहाँले खेल मैदान हेरेर जानु भा हो, खेल मैदानमा भइरहेको कामबारे कामदारहरुसंग समेत उहाँले जानकारी लिनु भएको थियो, उहाँले के रिपोर्टिङ गर्नु भयो ? थाहा छैन ।’ एक दिन पुरै उहाँले छलफल गर्नु भो । प्याकुर्‍यालले भनेका छन्, ‘खेलको सम्भावना कमै देखिन्छ ।’
 
मुद्दा कहिले सकिन्छ ? 
विभिन्न कारणले पेशी चढेको चढ्यै छ । प्याकुर्‍यालले भने, ‘अहिले सम्म ११ पटक पेशी सरीसकेको छ । अहिले त झन् अदालतमा न्यायाधीश नै छैनन् भन्ने सुनिन्छ ।’ पछिल्लो पटक गत आइतबार सरेको पेशी आउँदो आइतबारलाई तोकिएको छ ।  
 
क्यानको व्यवस्थापकिय विवादले खेलप्रति शंका जनाउँदै आइसीसीले दुई साता अघि नेपाली क्रिकेटसंग सम्बन्धित व्यक्तिहरुलाई पत्राचार गरेको थियो । आइसीसीका ग्लोबल डेभलपमेन्ट प्रमुख टिम एण्डरसनले क्यानको विवादका विषयमा आइसीसी बोर्डलाई अप्रिलमा बस्ने बैठकमा जानकारी गराइने उल्लेख गरेका छन् । यद्यपि, अवस्था फेरि त्यही रहे आइसीसी बोर्डले निलम्बन सम्मको कारबाही गर्न सक्ने उनको चेतावनी थियो । आइसीसीले नामिवियासंगको खेलबारे पटक–पटक ताकेता गर्दै आएको छ ।  
 
कीर्तिपुर मैदानको स्तरोन्नति गर्न नसकेको र सुरक्षाको व्यवस्था गर्न नसकेको भन्दै गएको नोभेम्बरमा पपुवा न्युगिनीविरुद्धको खेल यूएईमा भएको थियो । आइसीसीले सन् २०१५ देखि २०१७ सम्म सन्चालन हुने च्याम्पियनसिपका ७ खेल मध्ये  नेपालले तीन राष्ट्रविरुद्धका ६ खेल घरेलु मैदानमै खेल्न पाउने व्यवस्था गरेकामा त्यसो हुन सकेको छैन । क्यान विवादकै कारण आइसीसीले नेपाललाई दिने ९ लाख डलर सन् २०१४ देखि नै रोक्का गरेर राखेको छ ।
 
समस्याको जड 
डिसेम्बर १९ सम्म नेतृत्वबारे कुनै निर्णय नगर्न र नेतृत्व चयनको अभ्यास नगर्न बन्धन परेकामा डिसेम्बर १५ अर्थात् मंसिर २९ गते चतुबहादुर चन्दपक्षले निर्वाचन गरेको थियो । पुस १ गते वुधबार राजधानीको कमलादीस्थित होटल राज घरानामा चतुरबहादुर चन्दको नेतृत्वमा क्यानको निर्वा्िचत कमिटी गठन भएको हो । आइसीसीकै अनुमती अनुसार राष्ट्रिय खेलकुद परिषद् राखेपले साधारण सभा रोक्न भन्दा भन्दै गरेको निर्वाचनलाई सरकारले अवैधानिक भनेको छ ।
 
यस्तै, गएको पुस १८ गते राखेपले रमेश सिलवालको अध्यक्षतामा तदर्थ समिति गठन गरेको थियो । जसविरुद्ध चतुरबहादुर चन्दनेतृत्वको निर्वा्चित कमिटीले सर्वोच्च अदालनमा मुद्दा दर्ता गरेको छ । केही समय अघि सर्वोच्चले कारण देखाउ आदेश जारी गर्दै दुबै पक्षलाई छलफलका लागि बोलाएको थियो । मुद्दा विचाराधिन रहेकाले दुबैलाई तत्काल यथा स्थानमा बस्न भनेपछि क्यानको गतिविधी रोकिएको छ भने, मुद्धाको छिनोफानो हुन सकेको छैन ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ