arrow

'बाजीराव-मस्तानी' पछि रानीको जीवनीमा चलचित्र बनाउन चाहान्छन् सजंय भन्साली !

logo
प्रकाशित २०७३ वैशाख २८ मंगलबार
rani-padmawati.jpg.jpeg
एजेन्सी । बलिउडमा फरक फरक तरिकाको चलचित्र बनाउने निर्माता सजंय लीला भंसाली अघिल्लो बर्ष आफ्नो ड्रीम प्रोजेक्ट बाजीराव-मस्तानीबाट बक्स अफिसमा धूम मचाए । चलचित्रको यती  सफल भयो कि यसले बक्स अफिसका साथै अवार्ड माथि पनि कब्जा जमायो ।
 
ठुलो पर्दाको मस्तानी पछि संजयले अब रानी पद्मवतिको जिवनमा आधारित चलचित्र बनाउन चाहान्छन् । भारतिय सञ्चारमाध्यमका अनुसार संजय चाडै सो नयाँ प्रोजेक्टको लागि चितौडगढको यात्रा गर्नेछन् ।
 
भारतकि रानी पद्मवति मेवाड इतिहासको सबैभन्दा सुन्दर रानी मध्येकि एक हुन् । संजयलाई रानीको भुमिकामा अभिनय गर्ने अभिनेत्री चुन्नु भने चुनौती हुनेछ ।
 
बाजीराव मस्तानी हिट भएपछि  बलिउडका प्राय अभिनेत्री संजयसँग काम गर्न चाहान्छन् । यस प्रोजेक्टलाई पर्दामा उतार्न भने संजयलाई निकै समय लाग्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ