arrow

नेपालमा हुने अन्तराष्ट्रिय बौद्ध सम्मेलनमा भारत सहभागी नहुने !

logo
प्रकाशित २०७३ वैशाख ३० बिहिबार
Lumbini_Ind_China.jpg.jpeg
काठमाडौं । भारतले काठमाडौंमा हुने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा चीनले सघाएको भन्दै जेठ ८ गते बुद्धको जन्मस्थान लुम्बिनीमा हुने २५६०औं वुद्ध जयन्ती समारोहमा सहभागि नहुने निर्णय गरेको छ । 
 
भारतीय सन्चारमाध्यमका अनुसार बौद्ध सम्मेलनमा चीनले सहयोग गरेको भन्दै आफ्नो तर्फबाट प्रधानमन्त्री त के सचिव स्तरका कोही अधिकारी सहभागि नहुने र समारोह बहिस्कार गर्ने निर्णय भएको छ । काठमाडौंमा आउँदो जेठ ६ र ७ (१९–२० मे) मा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन हुँदै छ । सम्मेलन सकिएको भोली पल्ट लुम्बिनीमा वुद्ध जयन्ती समारोहको कार्यक्रम छ । 
 
भारतीय संचारमाध्यमले सम्मेलन र बुद्ध जयन्तीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराज लगायत अन्य अधिकारी एवं गन्यमान्य व्यक्तिहरुलाई आमन्त्रण गरेको उल्लेख गरेपनि नेपालको संस्कृति मन्त्रालयले प्रधानमन्त्री नरेन्द्र मोदी, संस्कृतिमन्त्री र विहारका मुख्य मन्त्री नितिश कुमारलाई मात्र निम्तो पठाएको बताएको छ । 
 
संस्कृति मन्त्रालयका प्रवक्ता एवं सहसचिव घनश्याम उपाध्यायले हाल सम्म भारतले सम्मेलन र बुद्ध जयन्ती समारोहमा नआउने भन्ने कुनै जानकारी नदिएको बताए । उनले भने, ‘अहिले सम्म केही कुरा आएको छैन, प्रधानमन्त्री, संस्कृतिमन्त्री र बिहारका मुख्यमन्त्रीलाई निम्तो गरेका छौं ।’
 
भारत नआउने भन्ने समाचारलाई लिएर संस्कृति मन्त्रालयको श्रोतले भन्यो ' भारत आए नि राम्रो नआए पनि राम्रो'। उनले भारत नआउनाले सम्मेलन नरोकिने र नेपाललाई खासै फरक नपर्ने भनेर बताएका छन्। 
 
किन नआउने भारत ? 
भारत नआउनुको पहिलो कारण संस्कृति मन्त्रालयले लुम्बिनीमा गर्न लागेको बुद्ध जयन्ती सहमारोहका लागि चीनको १५ लाख अमेरिकी डलर स्वीकार गर्नु हो भन्ने आरोप भारतले लगाएको उल्लेख छ ।
 
बुद्धको जन्मस्थान लुम्बिनीको विकास नारा ‘नेपालकाे बौद्ध सम्पदाको विकास र संरक्षण’ राखिएको तर, नेपालको संस्कृति मन्त्रालयले सम्मेलनको विषय बदलेको  तथा सहायक–विषय ‘लुम्बिनी बुद्धको जन्मस्थान’को सट्टा ‘लुम्बिनी–बौद्ध धर्मको शीर’ भन्ने राखेको भन्दै ‘सव–थीम’ मन नपरेको भन्दै भारतले दोस्रो असन्तुष्टी  जनाएको छ । भारतले पहिले ‘सव थीम’ लुम्बिनी बुद्धको जन्मस्थान रहेकामा अहिले ‘लुम्बिनी–बौद्ध धर्मको शीर’ भन्ने राखेको भन्दै आपत्ति जनाएको हो । 
 
यस्तै, भारतले तेस्रो विषय सम्मेलन र बुद्ध जयन्तीकै निर्धारित समयमा भारतीय प्रधानमन्त्री मोदी इरानको भ्रमणमा रहने र कुनै पनि भारतीय अधिकारी कुनै स्तरबाट समारोहमा सहभागि नहुने औंल्याएको छ । 
 
नारा परिवर्तन गर्नु भो रे ? 
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता उपाध्यायले नारा पहिले जे थियो त्यही रहेको बताए । उनले भने, ‘नारा पहिले पनि त्यही थियो, अहिले पनि त्यही छ ।’ उनका अनुसार ‘लुम्बिनी–बौद्ध धर्मको शीर’ भन्ने नै पहिल्यै तय भएको थियो । लुम्बिनी नै बौद्ध धर्मको ‘मूल’ हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ