arrow

श्रीमती आरती र छोरी रियालाई एसिड छ्याप्ने सञ्जीव समातिए

logo
हाम्रा कुरा
प्रकाशित २०७७ कार्तिक २९ शनिबार
tejab.jpg

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–७ जानकीनगरमा शनिबार बिहान श्रीमती र छोरीमाथि एसिड प्रहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुरधाम उपमहानगरपालिका–२० घर भई हाल वडा नं ७ जानकीनगरमा बस्ने सञ्जीव साहलाई प्रहरीले पक्राउ गरेको हो । 

साहले श्रीमती आरती र छोरी रिया साहको शरीरमा समेत एसिड प्रहार गरेको प्रहरीले जनाएको छ । एसिड प्रहारले आरतीको अनुहार, छाती, पेटलगायत शरीरको २० प्रतिशत  भाग जलेको छ भने रियाको टाउको र बायाँ हात जलेको छ ।

प्रहरी निरीक्षक रमेश सिग्देलका अनुसार एसिड प्रहारले घाइते दुवैको जानकी हेल्थ केयर एन्ड टिचिङ अस्पतालमा उपचार भइरहेको छ ।  आरतीको अवस्था गम्भीर र रियाको अवस्था भने सामान्य रहेको जनाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ