arrow

जुनसुकै बेला फेरि डरलाग्दो भुकम्प !

logo
प्रकाशित २०७३ असार २ बिहिबार
bhukampa-1-@.jpg.jpeg
काठमाडौं । २०७२ साल बैशाख १२ गते गएको भयानक भूकम्पलगत्तै विश्वका प्रतिष्ठित वैज्ञानिकहरुले एक वर्षभन्दा बढी समय लगाएर गरेको निश्कर्ष हो– काठमाडौंको भू–सतहभन्दा १० किलोमिटर तल ७.३ रिक्टरस्केलसम्मको भूकम्प जानसक्ने ऊर्जा संकलन भएको छ ।
 
त्यो भूकम्प जुनसुकै बेला पनि जान सक्छ । तर, तिथि र समय नै तोक्न सक्ने अवस्था भने छैन । पराकम्प गएर पनि त्यो ऊर्जा क्षय हुने अवस्था नरहेको वैज्ञानिकहरुले बताएका छन् । 
 
यो अनुसन्धानको रिपोर्ट विज्ञानसम्बन्धी विश्वकै प्रतिष्ठित नेचर जिओसाइन्स म्यागेजिनमा बुधबार प्रकाशित भएको छ । अनुसन्धानमा संलग्न वैज्ञानिक तथा नेपाल भौगर्भिक समाजका अध्यक्ष डा दण्डमाणि अधिकारीले भने, ‘उता प्रकाशित नभईकन हामीले बोल्न नमिल्ने भएकाले अहिलेसम्म चुप लागेर बसेका हौं ।’ उनले १० किमिको जमिन धाँजा फाटेको कुरालाई आधा च्यातिएको लुगासँग तुलना गर्दै भने, ‘गोरखाको बारपाकभन्दा तलको जमिनको धाँजा फाटेको छ। 
 
त्यो च्यातिएको कपडाजस्तै धाँजा सिमरासम्म च्यातिएको भए ऊर्जा समाप्त हुन्थ्यो । तर, यथावत् रहेकाले त्यसको निश्कासन कसरी हुन्छ भन्न सक्ने अवस्था छैन ।’ नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ - उनले सुन्दा यो अप्रिय लागे पनि वास्ताविकता भने यही भएको बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ