arrow

अष्टलक्ष्मीसहित १४ लाई स्पष्टीकरण सोध्ने एमाले प्रदेश संसदीय बोर्डको निर्णय

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ८ शनिबार
uml-sun-election-logo.jpg
फाइल तस्बिर

बागमती। नेपाल कम्युनिस्ट पार्टी (एमाले) वाग्मती प्रदेशसभाको संसदीय बोर्डले १४ प्रदेशसभा सदस्यलाई कारबाहीको प्रक्रिया अगाडि बढाएको छ। राष्ट्रियसभाको उपनिर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारप्रति अन्तर्घात गरेको, आफ्नै पार्टीको सरकारविरुद्ध निरन्तर लागेको, अविश्वासको प्रस्ताव दर्ता गरेको, अलग्गै संसदीय दल गठन गरेको, समानान्तर गतिविधि सञ्चालन गरेको लगायतका आरोप लगाएर प्रदेशसभा सदस्यलाई संसदीय दलको विधानको दफा २५, उपदफा ३ देहाय (क, ख, ग, घ र ङ) अनुसार अनुशासन उल्लङ्घन गरेको भनी स्पष्टीकरण सोध्ने निर्णय गरिएको नेकपा एमाले वाग्मती प्रदेश संसदीय दलका मुख्य सचेतक दीपक निरौलाले जानकारी दिए।

उनका अनुसार बोर्ड बैठकले प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, अरुणप्रसाद नेपाल, वसुन्धरा हुमागाईँ, लक्ष्मण लम्साल, मुनु सिग्देल, कुसुम कार्की, मिना ज्ञवाली, शान्तिप्रसाद पौडेल, रचना खड्का, कृष्ण खनाल, वसन्त मानन्धर, इन्द्रमाया गुरुङ र पार्वती सिलवाललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ