arrow

हेटौँडाको राप्ती खोलामा अवैध उत्खनन : ४६ सवारीसाधन प्रहरी नियन्त्रणमा

logo
रवीन्द्र गौतम,
प्रकाशित २०७८ जेठ २३ आइतबार
rapti-river-hetauda.jpg

हेटौँडा । हेटौँडाको राप्ती खोला दोहन गरिरहेको अवस्थामा विभिन्न सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार अवैध नदीजन्य पदार्थ दोहन तथा उत्खनन गर्ने एक्स्काभेटर, जेसिबी, टिपर,ट्याक्टर लगायतका ४६ वटा सवारीसाधनलाई मकवानपुर प्रहरीले कारबाही गरेको छ ।

अवैध रूपमा नदी उत्खनन भइरहेको छ भनी सूचनाका आधारमा आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी गस्ती टोलीले आइतबार बस्तिपुर स्थित राप्ती खोलाबाट प्र.२-०३-०१ त ३२५२ र ना ६ त ६३५६ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिएको जनाएको छ ।

त्यस्तै इलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट खटिएको प्रहरी गस्ती टोलीले गत शनिवार प्र.२-०३- ००१ क ०४०१ नं.को ब्याक लोडर जेसिबि, ना.७ ख ५५३४ नं.को टिपर, बा.प्र.०३-००१ ख १३३१ नं.को टिपर र आइतबार ना.४ त २४१२, ना.३ त ८०८, ना.३ त १३१५ र  ना ६ त ६०४ नम्बरको ट्याक्टरलाई हेटौडा उपमहानगरपालिका वडा नम्बर ९ र १५ स्थित विभिन्न खोलाबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता जयश्वनर रिमालले जानकारी दिए ।

मकवानपुर प्रहरीका अनुसार गत वैशाख र जेठ महिनामा ४६ वटा ट्याक्टर, जेसिबी १ थान, एक्स्काभेटर १ थान, र टिपर ३ वटा लाई अवैध नदीजन्य पदार्थ उत्खनन तथा दोहन गरेकोमा नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि जिल्ला समन्वय समितिको कार्यालय तथा स्थानीय तहमा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ