arrow

बागमती प्रदेशमा कोरोना सङ्क्रमण दर २८ प्रतिशतमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २८ शुक्रबार
bagmati-province-corona.jpg

काठमाडौँ । सबै भन्दा सङ्क्रमित रहेको वाग्मती प्रदेशमा कोरोना भाइरसको सङ्क्रमण दर पछिल्लो ४ साता यता घट्दै गएको छ ।

चार साताअघि अर्थात् वैशाख ३१ गतेदेखि जेठ ६ गतेसम्म वाग्मती प्रदेशमा कोरोना भाइरसको सङ्क्रमण दर ३५.३९ प्रतिशत रहेको थियो । यो अवधिमा ७८ हजार ८ सय ४२ जनाको नमुना परीक्षण गरिदा २७ हजार ९ सय २ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।

त्यसपछि जेठ ७ गतेदेखि जेठ १३ गतेसम्म सङ्क्रमण दर केही बढेर ३७.०९ प्रतिशत पुगेको तथ्याङ्कले देखाउँछ ।

यो अवधिमा ८० हजार १ सय ६६ जनाको नमुना परीक्षण गरिदा २९ हजार ७ सय ३६ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।

तर,गत साता अर्थात् जेठ १४ देखि जेठ २० गतेसम्म आइपुग्दा सङ्क्रमण दर ३४.३८ प्रतिशतमा पुगेको छ । यो अवधिमा ५३ हजार २ सय ६५ जनाको सङ्क्रमण परीक्षण गरिदा १८ हजार ३ सय १६ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।

यो साता अर्थात् जेठ २१ गतेदेखि जेठ २७ गतेसम्म आइपुग्दा सङ्क्रमण दर २८.२२ प्रतिशतमा पुगेको छ । यो सातामा कुल ३९ हजार ७ सय २ जनाको नमुना परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये ११ हजार २ सय ५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यसबाट हेर्दा कोरोना भाइरसको सङ्क्रमण दर घट्दै गएको छ । यद्यपि, सङ्क्रमणको जोखिम भने कायम नै रहेको छ । 

त्यस कारण सबैले सावधानी र सजगता अपनाउन जरुरी देखिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ