arrow

दीपिकामाथि एसिड प्रहार गर्ने श्रीमान्‌लाई कारबाहीको पहल 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २ बुधबार
tejab.jpg

काठमाडौँ । राष्ट्रिय महिला आयोगले तेजाब (एसिड) प्रहारबाट घाइते दीपिका विकमाथि तेजाब प्रहार गर्ने दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन आवश्यक पहल गर्ने भएको छ । 

आयोगको टोलीले यही जेठ २९ गते तेजाब प्रहारबाट घाइते भएपछि कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचार गराइरहेकी विकसँगको भेटपछि बुधवार विज्ञप्ति जारी गरी दोषीमाथि कारबाहीको लागि पहल गर्ने जनाएको हो । 

आयोगका सदस्य विद्याकुमारी सिन्हाको नेतृत्वको टोलीले घाइते विकलाई भेटी निजको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको थियो । आयोगले पीडित विकलाई लैङ्गिक हिंसा निवारण कोषबाट स्वास्थ्य उपचारको लागि आवश्यक सहायता रकम प्रदान गर्ने निर्णय निर्णय गरेको छ । सोही अवसरमा सदस्य सिन्हाले सहायता रकम बैङ्कमा जम्मा गर्नका लागि निजको नाममा बैङ्क खाता खोल्न आग्रह गर्दै अन्य आवश्यक सहयोगका लागि आयोगबाट आवश्यक सहजीकरण गर्ने कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । भेटका क्रममा पीडित विकले ज्यान मार्ने प्रयास गर्ने आरोपित श्रीमान् दीपकलाई उचित सजायको माग गरेको आयोगले जनाएको छ ।

रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ कि ३८ वर्षीय विकलाई उनकै श्रीमानले तेजाब प्रहार गरेको पीडित बिकले बताउँदै आएकी छन् । जेठ २९ गते शनिवार श्रीमान् श्रीमतीबिच विवाद भएपछि श्रीमानले सुरुमा थप्पड हानेको र पछि तेजाब आक्रमण गरेको पीडित विकको भनाइ छ । 

आरोपित श्रीमानले चन्द्रपुर ४ मा सुनचाँदी पसल सञ्चालन गर्दै आएको र सोही पसलबाट तेजाब ल्याएको हुनसक्ने अनुमान गरिएको छ । सोही सन्दर्भमा केही समय अगाडि श्रीमान् सन्तोष पन्तले ढोका बन्द गरी मट्टितेल खन्याएर जलाएर सख्त घाइते बनाएकी डोटीकी लक्ष्मी भाटको स्वास्थ्य अवस्थाको बारेमा समेत टोलीले थप जानकारी लिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ