- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा आफ्नै आमसंचार गृह स्थापना गर्ने र त्यसका लागि बजेट छुट्याएपछि प्रदेशभित्र रहेका पत्रकार महासंघका १३ वटै जिल्ला शाखाले विरोध गरेको छ ।
पत्रकार महासंघ जिल्ला शाखाहरुले प्रमुख जिल्ला अधिकारीमार्फत मुख्यमन्त्री डोरमणि पौडेललाई उक्त निर्णय फिर्ता लिन अनुरोध गर्दै आइतबार ज्ञापनपत्र बुझाएका छन् ।
निजी तथा सामुदायिक स्तरबाट सञ्चालित सञ्चारमाध्यमलाई घाँटी निमोठेर स्वतन्त्र प्रेस र नागरिकका आवाजहरुलाई दबाउने मनासयले लोकतन्त्रको मूल्य मान्यतालाई समेत उपहास हुने गरी बागमती प्रदेश सरकार आफैंले सञ्चारमाध्यम स्थापना गरी सञ्चालन गर्न बजेट विनियोजन गर्दै प्रदेश सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित बनाउने दिशामा अघि बढेको भन्दै महासंघले विरोध गरेको छ ।
आइतबार जिल्ला साखा मकवानपुरका अध्यक्ष मणिराज गौतमले प्रमुख जिल्ला अधिकारी भरत मणि पाण्डेलाई ज्ञापनपत्र बुझाएका हुन् । उनले डोरमणि सरकारले आफ्नो कमी कमजोरी र सरकारले गरेका गलतकामको ढाकछोप गर्न आफ्नै संचारगृह स्थापना गर्न लागिपरेको बताए ।
ज्ञापनपत्र बुज्दै सीडीओ पाण्डेले आफुले उक्त पत्र तुरुन्तै मुख्यमन्त्री सामु पुर्याउने बताएका छन् । देशभरका ६६ प्रतिशत सञ्चारमाध्यम र नेपाल पत्रकार महासंघका ४८ प्रतिशत सदस्य बागमती प्रदेशमा रहेको भन्दै पत्रमा आमसञ्चार जगतको संरक्षण, प्रवर्धन तथा क्षमता अभिवृद्धिका लागि पुँजीगत अनुदानदेखि लोककल्याणकारी विज्ञापनका लागि बजेट विनियोजन गर्न माग गरिएको छ ।
यस्तै सञ्चारमाध्यमको प्रवर्धन र सञ्चारकर्मीहरुको हितमा बजेट ल्याउन माग गरिएको छ । महासंघले प्रदेश सरकार आफैंले संचार गृह चलाउने निणर्य फिर्ता नभए कडा आन्दोलनमा उत्रने चेतावनीसमेत दिएको छ ।