arrow

पोखरामा शिक्षामन्त्रीको पुत्ला दहन, तीन जना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १५ मंगलबार
pokhara-education-ministry.jpg

पोखरा । जातीय विभेदविरुद्ध पोखराको मानवअधिकार चोक चिप्लेढुंगामा विरोध प्रदर्शन गरिएको छ । 

उक्त अवसरमा प्रदर्शनकारीले शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको पुत्ला दहन गरेका थिए । 

त्यसका क्रममा प्रहरी र प्रदर्शनकारी बिच भएको मुठभेड भएको थियो । जात व्यवस्था उन्मुलन मोर्चाको आह्वानमा विरोध प्रदर्शन भएको थियो । 

पुत्ला दहन गर्ने किरण नेपाली, नेत्र चापागाईँ र रेसम सापकोटालाई प्रहरीले पक्राउ गरेको छ । 

रुपा सुनार लगायत सम्पूर्ण जातीय विभेद र मन्त्रीको हर्कत विरुद्ध आन्दोलन गरिएको सहआयोजक संगम सांस्कृतिक मञ्चले जनाएको छ ।



नयाँ