arrow

डा.बाबुराम भट्टराईको प्रश्न: के पार्टी भनेका आधुनिक युगका नयॅा जात र गोत्र मात्र हुन् ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १६ बुधबार
baburam2.jpg

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष एवम पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेपालका राजनीतिक दलहरुमा विचार, नीति, कार्यक्रम, प्रणालीवारे छलफल हुनु जरुरी रहेको औंल्याएका छन् ।

बुधबार सामाजिक संजालमा आफ्नो विचार लेख्दै उनले के पार्टी भनेका आधुनिक युगका नयॅा जात र गोत्र मात्र हुन् भनेर प्रश्न पनि उठाएका छन् । डा.भट्टराई दलहरुबीच देखिएको आन्तरिक कलह र विभाजनको घट्नाक्रमलाई लिएर उक्त प्रतिक्रिया जनाएका हुन् ।

उनले लेखेका छन्, ‘के पार्टी भनेका आधुनिक युगका नयॅा जातरगोत्र हुन् ? अनि चुनाव चिन्ह चाहिं मतदाता किनवेचका ब्राण्ड/ट्रेडमार्क मात्र ? कांग्रेस, एमाले, माके, जसपा लगायतमा महाधिवेसन,फुट/एकता मुद्दा-मामिला आदि चलिरहॅदा पद, व्यक्ति, नाम, चुनाव चिन्हवारे मात्र किन तानातान ? खै विचार, नीति/कार्यक्रम/प्रणालीवारे छलफल ? 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ